इरानले होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क लिने, संसद्बाट पारित भयो प्रस्ताव « Khabarhub

इरानले होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क लिने, संसद्बाट पारित भयो प्रस्ताव


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानको संसदले होर्मुज जलडमरूमध्य हुँदै गुज्रिने जहाजबाट टोल अर्थात् कर वा शुल्क लिने प्रस्तावलाई स्वीकृति दिएको छ। इरानी समाचार एजेन्सी मेहरका अनुसार होर्मुज हुँदै आवतजावत गर्न अनुमति पाउने देशका जहाजबाट समुद्री सेवाबापत शुल्क लिइनेछ।

इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता हसन काशकावीका अनुसार शुल्कको बदलामा जहाजलाई समुद्री सेवा, सुरक्षा र बीमालगायतका सुविधा उपलब्ध गराइनेछ।

यसका साथै वातावरणसम्बन्धी सेवा तथा विशेष परिस्थितिमा इन्धनसमेत उपलब्ध गराइनेछ। शुल्क इरानी रियाल वा इरानले स्वीकार गर्ने अन्य कुनै मुद्रामा तिर्न सकिने व्यवस्था गरिएको छ।

‘इरानविरुद्ध आर्थिक युद्ध अन्तिम चरणमा’

अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले ट्रम्प प्रशासन इरानविरुद्धको आर्थिक युद्धको अन्तिम चरणमा पुगेको बताएका छन्। उनका अनुसार अमेरिकाको उद्देश्य इरानको आम्दानीका प्रमुख स्रोतहरू बन्द गर्नु हो।

बेसन्टले इरानमाथि दबाब बढाउन अमेरिकाले आफ्ना सबै सरकारी निकाय र अधिकारको प्रयोग गर्ने बताए। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको कारबाहीलाई कुनै विरोधी देशविरुद्ध गरिएको सबैभन्दा ठूलो आर्थिक कारबाही भएको बताएका थिए। उनले अन्य देशलाई पनि इरानलाई एक्ल्याउन सहयोग गर्न अपिल गरेका थिए।

खाडी देशलाई इरानको चेतावनी

इरानले अमेरिकाको आर्थिक कारबाहीमा साथ दिने खाडी देशहरूलाई चेतावनी दिएको छ। इरानका नयाँ राष्ट्रिय सुरक्षा प्रमुख मोहसिन रेजाईले इरानमाथि आर्थिक प्रतिबन्ध लगाउन अमेरिकालाई साथ दिने देशलाई इरानले दुश्मनका रूपमा हेर्ने बताएका छन्।

इरानलाई ‘मक्का सम्झौता’मा सहभागी हुन निम्तो

इरानका एक वरिष्ठ अधिकारीले तेहरानलाई ‘मक्का सम्झौता’मा सहभागी हुन निम्तो आएको दाबी गरेका छन्। इरानी संसद्सँग सम्बन्धित मेहदी रहीमीले शनिबार इरानी समाचार च्यानल अल मायादिनसँग कुराकानी गर्दै यस्तो जानकारी दिएका हुन्।

रहीमीका अनुसार इरानलाई सम्झौतामा सहभागी हुन निम्तो आएको छ र यस विषयमा अहिले छलफल भइरहेको छ। यद्यपि इरानको विदेश मन्त्रालय तथा सम्झौताका संस्थापक देशहरू साउदी अरेबिया, टर्की र पाकिस्तानले भने यस दाबीको आधिकारिक पुष्टि गरेका छैनन्।

साउदी अरेबिया, टर्की र पाकिस्तानले गत अगस्ट ७ मा मक्कामा आपसी रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार तीनमध्ये कुनै एक देशमाथि भएको आक्रमणलाई तीनै देशमाथिको आक्रमण मानिनेछ।

होर्मुजलाई ट्रम्पले ‘नयाँ अमेरिकी भूभाग’ भनेका थिए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यलाई ‘न्यू यूएस टेरिटरी’ अर्थात् नयाँ अमेरिकी भूभागका रूपमा व्याख्या गरिसकेका छन्। अगस्ट १८ मा उनले पहिलोपटक होर्मुजमा अमेरिकी नियन्त्रणको कुरा गरेका थिए।

त्यसपछि आइतबार उनले पुनः होर्मुजलाई अमेरिकी भूभागका रूपमा देखाइएको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका थिए।

युद्धपछि दुई मार्गमा होर्मुज

युद्ध सुरु हुनुअघि होर्मुजलाई एउटै प्रमुख समुद्री मार्गका रूपमा लिइन्थ्यो। जहाजहरू निर्धारित मार्ग हुँदै आवतजावत गर्थे। बन्दरगाह, जहाजको सम्झौता र सुरक्षा अवस्थाका आधारमा उनीहरूको मार्ग तय हुन्थ्यो।

तर अमेरिका र इरानबीच तनाव बढेपछि होर्मुजमा दुई अलग समुद्री मार्गको चर्चा हुन थालेको छ।

इरानी मार्ग : यो होर्मुजको उत्तरी भागमा इरानको तट नजिक पर्छ। यो लाराक र किश्म द्वीप आसपास हुँदै इरानका बन्दरगाह र तेल टर्मिनलतर्फ जान्छ।

ओमानी मार्ग : यो होर्मुजको दक्षिणी भागमा ओमानतर्फ पर्छ र इरानको तटबाट तुलनात्मक रूपमा टाढा छ।

अमेरिकाले जहाजहरूलाई यही मार्गबाट आवतजावत गर्न जोड दिँदै आएको छ। अमेरिकी नौसेनाको सुरक्षामा सञ्चालन हुने कैयौँ व्यावसायिक जहाजले पनि यही मार्ग प्रयोग गर्ने गरेका छन्।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  २ : ०५ बजे

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर