इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत « Khabarhub

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ चरणमा प्रवेश गर्न सक्ने संकेत गर्दै त्यसमा अमेरिकाका सहयोगी राष्ट्रसमेत सहभागी हुन सक्ने बताएका छन् ।

फक्स न्युजसँग आइतबार भएको अन्तर्वार्तामा जोनसनले राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्ने अमेरिकी सैन्य अभियानको मुख्य उद्देश्य पूरा भएको दाबी गरे। उनका अनुसार इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु विगत पाँच दशकदेखि अमेरिकी प्रशासनहरूको साझा लक्ष्य रहँदै आएको थियो।

इरानसँगको वार्तामा सबैभन्दा ठूलो चुनौती विश्वासको अभाव रहेको उल्लेख गर्दै जोनसनले इरानी नेतृत्वप्रति आफूहरूको विश्वास नरहेको बताए। उनले सैन्य अभियानपछि इरानको मुख्य खतरा कमजोर पारिएको दाबी गर्दै अमेरिकाले चरणबद्ध रूपमा अघि बढिरहेको बताए।

इरानमा अमेरिकी सैन्य संलग्नताप्रति अमेरिकाभित्र असन्तुष्टि बढिरहेको भए पनि जोनसनले आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले प्रतिनिधिसभाको बहुमत कायम राख्ने दाबी गरे। उनले निर्वाचनअघि द्वन्द्व समाधान भए त्यसले रिपब्लिकन पार्टीलाई राजनीतिक रूपमा थप फाइदा पुग्ने बताए।

युद्धका कारण ऊर्जा लागत र मुद्रास्फीति बढेको विषय पनि अमेरिकामा राजनीतिक बहसको प्रमुख मुद्दा बनेको छ। द्वन्द्वका कारण पेट्रोलको मूल्य प्रतिग्यालन चार अमेरिकी डलरभन्दा माथि पुगेको जोनसनले उल्लेख गरे।

ट्रम्प प्रशासनले इरानविरुद्धको सैन्य कारबाही आणविक क्षमता विकास रोक्न आवश्यक भएको बताउँदै आएको छ। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त सैन्य कारबाही सुरु गरेपछि इरानी सर्वोच्च नेता अली खामेनीसहित केही वरिष्ठ अधिकारीको मृत्यु भएको दाबी गरिएको थियो। त्यसपछि इरानले हर्मुजको जलघाँटी हुँदै हुने समुद्री आवागमनमा अवरोध गर्नुका साथै मध्यपूर्वमा रहेका अमेरिकी सैन्य प्रतिष्ठानलाई ड्रोन तथा क्षेप्यास्त्रमार्फत लक्षित गरेको थियो।

अप्रिलमा प्रारम्भिक युद्धविराम भए पनि क्षेत्रमा तनाव र सीमित सैन्य गतिविधि जारी रह्यो। पछिल्ला सातामा सक्रिय युद्ध केही घटेको देखिए पनि ट्रम्पले इरानमाथि थप आर्थिक प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको छ। अमेरिका, इजरायल र इरानबीच अनिश्चित युद्धविरामको अवस्था रहे पनि समुद्री सुरक्षाको जोखिम भने कायमै रहेको बताइएको छ।

इरानी अधिकारीहरूले हर्मुजको जलघाँटीमाथिको नियन्त्रण नछाड्ने अडान राख्दै आएका छन्। विश्वको महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक मानिने उक्त जलमार्गमा अवरोध उत्पन्न हुँदा अन्तर्राष्ट्रिय बजारमा इन्धन तथा प्राकृतिक ग्यासको मूल्यमा दबाब परेको छ।

जोनसनले हर्मुज हुँदै तेल ट्याङ्करको आवागमन बढिरहेको रिपोर्टसमेत उल्लेख गर्दै अमेरिका परिस्थिति हेरेर चरणबद्ध रूपमा अघि बढिरहेको बताएका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  २ : ५४ बजे

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।

नेपाली स्टार्टअप एनच्याटले ल्यायो ‘एआई बिल्डर’, कोडिङविना नै आफ्नै एप बनाउन सकिने

काठमाडौं– नेपाली प्रविधि कम्पनी एनच्याटले प्रयोगकर्ताहरूका लागि कोडिङ तथा प्राविधिक

निजी क्षेत्रका समस्या र लगानी सुधारबारे १५ दिनभित्र सुझाव दिन समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निजी क्षेत्रले विद्यमान ऐन, कानुन

हर्कले सोधे : स्याउ फलेका थिएनन् होला, प्रधानमन्त्री के चाख्न मुस्ताङ गएका हुन् ?

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता हर्क