हर्कको प्रश्न- नेपालको कानुन कमजोर कि त्यसलाई चलाउने मान्छे ? « Khabarhub

हर्कको प्रश्न- नेपालको कानुन कमजोर कि त्यसलाई चलाउने मान्छे ?


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले ‘नेपालको कानुन कमजोर कि कानुन चलाउने मान्छे ?’ भनेर प्रश्न गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

‘हाम्रो देशको कानुन कमजोर कि कानुन चलाउने मान्छे ?,’ साम्पाङले प्रश्न गरे, ‘गाडी बिग्रेकोको कि गाडी चलाउने मान्छेले चलाउन नजानेको ?’

उनले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको मृत्यु हुँदा शवसमेत ल्याउन नसक्ने अवस्था रहेको भन्दै आक्रोश पोखे ।

उनले थपे, ‘स्वीस बैंकमा रहेको पैसा पनि फिर्ता गर्न सक्दैनौँ हामी । विदेशमा रोजगारीको सिलसिलामा गएका मानिसहरू, नेपाली नागरिकहरूको मृत्यु त्यता हुन्छ । उनीहरूको शव पनि नेपाल ल्याउन सक्दैनौँ । यस्तोसम्म लाचार भएर बाँच्नुपरेको छ’, ।

कानुनलाई गोजीमा बोकेर अपराधीहरू हिँड्ने गरेको उनले बताए । उनले कानुनसँग डर हुनुपर्ने बताए ।

‘नवबालिकाहरूको बलात्कार हुन्छ र हत्या हुने गरेको छ । बलात्कारी पुष्टि भएको हकमा निर्मम रूपमा सजाय गर्नुपर्छ,’ साम्पाङले भने ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ४ : ५९ बजे

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी