हर्कको प्रश्न- नेपालको कानुन कमजोर कि त्यसलाई चलाउने मान्छे ? « Khabarhub

हर्कको प्रश्न- नेपालको कानुन कमजोर कि त्यसलाई चलाउने मान्छे ?


८ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले ‘नेपालको कानुन कमजोर कि कानुन चलाउने मान्छे ?’ भनेर प्रश्न गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

‘हाम्रो देशको कानुन कमजोर कि कानुन चलाउने मान्छे ?,’ साम्पाङले प्रश्न गरे, ‘गाडी बिग्रेकोको कि गाडी चलाउने मान्छेले चलाउन नजानेको ?’

उनले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको मृत्यु हुँदा शवसमेत ल्याउन नसक्ने अवस्था रहेको भन्दै आक्रोश पोखे ।

उनले थपे, ‘स्वीस बैंकमा रहेको पैसा पनि फिर्ता गर्न सक्दैनौँ हामी । विदेशमा रोजगारीको सिलसिलामा गएका मानिसहरू, नेपाली नागरिकहरूको मृत्यु त्यता हुन्छ । उनीहरूको शव पनि नेपाल ल्याउन सक्दैनौँ । यस्तोसम्म लाचार भएर बाँच्नुपरेको छ’, ।

कानुनलाई गोजीमा बोकेर अपराधीहरू हिँड्ने गरेको उनले बताए । उनले कानुनसँग डर हुनुपर्ने बताए ।

‘नवबालिकाहरूको बलात्कार हुन्छ र हत्या हुने गरेको छ । बलात्कारी पुष्टि भएको हकमा निर्मम रूपमा सजाय गर्नुपर्छ,’ साम्पाङले भने ।

प्रकाशित मिति : ८ भदौ २०८३, सोमबार  ४ : ५९ बजे

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान