एट्लेटिको फ्यानकै हुटिङपछि अल्भारेजको भविष्यमा नयाँ मोड, विकल्प बार्सिलोना कि आर्सनल ? « Khabarhub

एट्लेटिको फ्यानकै हुटिङपछि अल्भारेजको भविष्यमा नयाँ मोड, विकल्प बार्सिलोना कि आर्सनल ?


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मड्रिड- स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेज आफ्नै समर्थकबाट आलोचित भएपछि उनको भविष्यलाई लिएर चर्चा चुलिएको छ। अर्जेन्टिनी फरवार्डलाई आइतबार भिल्लारियलविरुद्धको २–२ को बराबरीमा एट्लेटिकोका समर्थकले हुटिङ गरेका थिए।

अल्भारेजले विश्वकपका क्रममा एट्लेटिको छाड्ने इच्छा व्यक्त गरेका थिए। उनी बार्सिलोनामा जान चाहन्छन्। तर उनलाई इंग्लिस क्लब आर्सनलले पनि अनुबन्ध गर्न चासो देखाइरहेको छ।

आइतबार भिल्लारियलविरुद्धको खेलमा अल्भारेजको नाम घोषणा हुँदा नै एट्लेटिको समर्थकले हुटिङ गरे। उनी सुरुवाती टोलीमा थिएनन्। दोस्रो हाफको ६६औँ मिनेटमा मैदान प्रवेश गर्दा पनि समर्थकले उनको विरोध गरे।

खेल सकिएपछि अर्जेन्टिनी स्टार आफ्ना सहकर्मीभन्दा अलग भएर एक्लै मैदानबाट बाहिरिएका थिए। उनका सहकर्मीहरू भने समर्थकलाई अभिवादन गर्न मैदानमै रोकिएका थिए।

एट्लेटिकोका प्रशिक्षक डिएगो सिमियोनेले पनि क्लबले अल्भारेजलाई समर्थकबाट अलग राख्ने निर्णय गरेको बताए।

‘क्लबले उनलाई समर्थकको नजिक नराख्ने निर्णय गरेको थियो। उनलाई टोलीका अन्य सदस्यबाट अलग राखेर ड्रेसिङ रुममा जाने व्यवस्था गरिएको थियो,’ सिमियोनेले भने।

आर्सनल जाने सम्भावना बढ्यो ?

आफ्नै समर्थकबाट विरोध भएको घटनाले अल्भारेज एट्लेटिको छाड्ने सम्भावना बढेको संकेत गरे पनि यसले उनलाई आर्सनल जाने सम्भावना तत्काल बढाएको भने छैन।

आर्सनल अल्भारेजलाई अनुबन्ध गर्न इच्छुक भए पनि उनको पहिलो रोजाइ बार्सिलोना नै रहेको बताइएको छ। अल्भारेजको परिवार पनि स्पेनमै बस्न चाहन्छ। उनीहरू स्पेनमा खुसी र स्थिर रहेको बताइएको छ।

अल्भारेजको लामो समयदेखिको सपना आफ्ना आदर्श लियोनल मेसीको बाटो पछ्याउँदै बार्सिलोनाबाट खेल्नु रहेको छ।

अर्कोतर्फ, एट्लेटिकोले भने अल्भारेजलाई कुनै पनि क्लबमा बेच्न अनिच्छा देखाउँदै आएको छ। बार्सिलोना, आर्सनल वा पेरिस सेन्ट जर्मेनमध्ये कुनै पनि क्लबलाई उनलाई बेच्ने पक्षमा एट्लेटिको देखिएको छैन।

यसअघि एट्लेटिकोले बार्सिलोनामाथि अल्भारेजलाई लिएर ‘निरन्तर बदनाम गर्ने अभियान’ चलाएको आरोपसमेत लगाएको थियो।

तर ट्रान्सफर विन्डो बन्द हुनुअघि अझै केही दिन बाँकी रहेकाले परिस्थिति परिवर्तन हुन सक्ने सम्भावना भने खुलै छ। बार्सिलोनाले पनि एट्लेटिकोलाई आफ्नो निर्णय परिवर्तन गराउन अन्तिम प्रयास गर्न सक्ने बताइएको छ।

आर्सनललाई अल्भारेज किन चाहियो ?

आर्सनलले आफ्नो वर्तमान टोलीप्रति सन्तुष्टि जनाउँदै आए पनि विश्वस्तरीय स्ट्राइकर थप्न सके टोली अझ बलियो हुने मान्यता छ। अल्भारेज त्यही स्तरका खेलाडीमध्ये एक हुन्।

स्काई स्पोर्ट्सको विश्लेषणमा आर्सनलले अल्भारेजलाई अनुबन्ध गर्न सके टोलीमा विश्वस्तरीय आक्रमण थपिने र च्याम्पियन्स लिग जित्ने सम्भावनासमेत बलियो हुने उल्लेख गरिएको छ।

पूर्वइंग्लिस खेलाडी ग्यारी नेभिलले अल्भारेज आर्सनलमा आए टोलीले प्रिमियर लिगसँगै च्याम्पियन्स लिग जित्ने सम्भावना बढ्ने बताएका छन्।

यता आर्सनलले ट्रान्सफर विन्डोको अन्तिम समयमा अर्को आक्रमणकारी खेलाडीका लागि पनि प्रयास गर्न सक्ने देखिएको छ। गाब्रियल मार्टिनेली क्लबबाट बाहिरिएमा बायाँतर्फ खेल्ने फरवार्डको खोजीमा आर्सनल लाग्न सक्छ।

त्यसैले अल्भारेज बार्सिलोना जाने आफ्नो इच्छामा अडिग रहे र एट्लेटिकोले उनलाई बिक्री गर्न अस्वीकार गरिरहे आर्सनलले अन्य विकल्प खोज्ने वा नयाँ फरवार्ड नभित्र्याउने निर्णय गर्नुपर्ने अवस्था आउन सक्छ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ४ : ३४ बजे

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

रसुवा– जनैपूर्णिमा दिन गोसाइँकुण्ड मेला भर्न आउने भक्तजनको स्वास्थ्य, सुरक्षा,

पोखरा–जोमसोम हवाई उडान पुनः सुरु

गण्डकी– वर्षायामका कारण गत जेठ १८ गतेदेखि बन्द रहेको पोखरा–जोमसोम