हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल « Khabarhub

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदी मङ्गलबार इरान भ्रमणमा जाने भएका छन्।

भ्रमणका क्रममा उनले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग जलमार्गको सुरक्षा, द्विपक्षीय सम्बन्ध तथा क्षेत्रीय विषयमा छलफल गर्नेछन्। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले भ्रमणले हर्मुजका दुई तटीय राष्ट्रबीच जारी राजनीतिक परामर्शलाई अघि बढाउने बताए।

फेब्रुअरी २८ मा मध्यपूर्वमा युद्ध सुरु भएयता हर्मुज जलघाँटीमा जहाजको आवागमन प्रभावित हुँदै आएको छ। विश्वको तेल तथा एलएनजी निर्यातको करिब पाँचौँ हिस्सा युद्धअघि यही मार्ग हुँदै हुने भएकाले जलमार्गमा आएको अवरोधले विश्व ऊर्जा बजारमा समेत असर पारेको छ।

इरान र ओमानले हर्मुज हुँदै जहाज सञ्चालनका लागि नयाँ व्यवस्था तथा वैकल्पिक मार्गबारे छलफल गरिरहेका छन्। यद्यपि, प्रस्तावित व्यवस्थासम्बन्धी सहमति अझै अन्तिम भइसकेको छैन।

अमेरिकाले हर्मुजलाई युद्धअघि कायम रहेको स्वतन्त्र नौवहन व्यवस्थामा फर्काउनुपर्ने बताउँदै आएको छ। तर इरानले अमेरिकी नाकाबन्दी हटाउनेलगायत आफ्ना माग पूरा नभएसम्म जलमार्ग पूर्ण रूपमा खुला नगर्ने अडान राख्दै आएको छ।

यसकारण हर्मुज हुँदै अन्तर्राष्ट्रिय जहाजको नियमित आवागमन कहिलेसम्म सामान्य हुन्छ भन्ने विषयमा अझै अनिश्चितता कायमै रहेको छ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ५ : १८ बजे

बागमतीका मुख्यमन्त्री थापालाई चौतर्फी संकट : राप्रपापछि नेकपामा किचलो, कांग्रेसको चेतावनीले अर्को तनाव

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले उदयपुर र चितवनबाट तीन

टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौं– अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजमा नेपाल ए टोलीले

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा अदालतले

सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग