एडिलेड नेपाली समाजको अध्यक्षमा बालगोपाल उपाध्याय चयन « Khabarhub

एडिलेड नेपाली समाजको अध्यक्षमा बालगोपाल उपाध्याय चयन


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एडिलेड– साउथ अष्ट्रेलियामा नेपाली समुदायको पुरानो संस्था एडिलेड नेपाली समाजको सातौँ द्विवार्षिक साधारण सभा सम्पन्न भएको छ।

शनिबार, २२ अगस्ट २०२६ मा सम्पन्न सभाले २०२६–२८ कार्यकालका लागि बालगोपाल उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी सापकोटा र पदेन उपाध्यक्षमा एडिलेड नेपाली विद्यालयका प्राचार्य हिमाल कडेल चयन भएका छन्।

सचिवमा प्रदीप निरौला, उपसचिवमा विकास पौडेल, कोषाध्यक्षमा पुष्पा बन्जाडे र जनसम्पर्क अधिकृतमा सुरेन्द्र रेग्मी चयन भएका छन्।

त्यस्तै सदस्यमा निवर्तमान अध्यक्ष श्याम दाहाल, विकास पौडेल, रामकृष्ण शर्मा, बन्धु विक्रम कार्की, खगेन्द्र सत्याल, दीपा दाहाल र बाल सापकोटा चयन भएका छन्।

साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्काले एडिलेड नेपाली समाजले नेपाली समुदायका लागि पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरिन्।

कार्यक्रममा एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक थीर गुरुङ तथा एडिलेड नेप्लिज क्रिकेट एसोसिएसन एवं ओशियाना मिट २०२७ का अध्यक्ष विजय जोशीले पनि समाजले नेपाली समुदायमा पुर्‍याएको योगदानको चर्चा गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए।

समाजका अध्यक्ष श्याम दाहालको अध्यक्षता तथा सचिव सागर श्रेष्ठको सञ्चालनमा भएको खुला सत्रमा उपाध्यक्ष बालगोपाल उपाध्यायले स्वागत मन्तव्य दिएका थिए।

स्थानीय फ्रेस चुल्हो नेपाली रेस्टुरेन्टको सभाहलमा आयोजित सभाले अध्यक्ष श्याम दाहालले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष आनन्द बखरेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा एडिलेड नेपाली विद्यालयका प्राचार्य हिमाल कडेलले प्रस्तुत गरेको विद्यालयको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको थियो।

सभामा एडिलेड नेपाली समाजको नयाँ वेबसाइटसम्बन्धी जानकारी पनि दिइएको थियो। शनिबारदेखि सार्वजनिक गरिएको वेबसाइट निर्माणबारे वेबसाइट निर्माण समितिका संयोजक सूर्य आचार्यले जानकारी दिएका थिए।

नयाँ कार्यसमिति चयनका लागि साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्का, एनआरएनए ओशियाना संयोजक रमेश जोशी, फेडेरेसन अफ नेप्लिज कम्युनिटी अर्गनाइजेसन अफ अष्ट्रेलिया (फेन्का) का उपाध्यक्ष कपिल पाण्डे, एनआरएनए ओशियानाका पूर्वसहसंयोजक नवीन कडेल तथा एडिलेड नेपाली समाजकी पूर्वअध्यक्ष एवं हेल्प नेपाल अष्ट्रेलियाकी अध्यक्ष सन्तोषी गौतम सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समिति सदस्य कपिल पाण्डेले पद तथा गोपनीयताको शपथ गराएका थिए।

समाजले साधारण सभा सफल बनाउन सहयोग गर्ने निवर्तमान कार्यसमिति, निर्वाचन समिति, प्रमुख अतिथि, अतिथि, सदस्य तथा शुभेच्छुक सबैप्रति आभार व्यक्त गरेको छ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ६ : १३ बजे

भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता

वेलिङ्गटन- प्यासिफिक टापु राष्ट्र भानुआटुको समुद्री क्षेत्रमा यात्रु डुङ्गा डुब्दा

कांग्रेस इतर समूहको बैठक चुनदेवीमा बस्दै, महाधिवेशनबारे धारणा बनाउने

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले बैठक डाकेको छ ।

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौँ- नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा प्रणाली

ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व संङ्कलन

हेटौँडा- जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८२/८३ मा

प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधिको छलफल सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि विपद्