अमेरिकी राजदूत गोरको अर्थपूर्ण श्रीनगर भ्रमण « Khabarhub

अमेरिकी राजदूत गोरको अर्थपूर्ण श्रीनगर भ्रमण


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले जम्मु कश्मीरको राजधानी श्रीनगरको भ्रमण गरेका छन् । यो भ्रमणलाई विगत तीन दशकयता अमेरिकी राजदूतबाट यस क्षेत्रमा भएको एक महत्त्वपूर्ण कूटनीतिक कदमको रूपमा हेरिएको छ । राजदूतको जिम्मेवारी सम्हालेलगत्तै जम्मु कश्मीर पुगेका गोरले त्यहाँका मुख्यमन्त्री उमर अब्दुल्लासँग भेटवार्ता गरेका छन् ।

मुख्यमन्त्रीसँगको भेटपछि उनले जम्मु कश्मीर भारतको एक महत्त्वपूर्ण अङ्ग भएको स्पष्ट पारेका छन् । साथै, उनले यस केन्द्रशासित प्रदेशका लागि अमेरिकाको यात्रा सल्लाहकार ( ट्राभल एड्भाइजरी ) को समीक्षा गर्ने सङ्केतसमेत दिएका छन् । मुख्यमन्त्री अब्दुल्लाले हालै जम्मु कश्मीरको राज्यको दर्जा पुनःबहाली गर्नुपर्ने माग जोडदार रूपमा उठाउँदै आएका छन् ।

यद्यपि, मुख्यमन्त्री अब्दुल्लाले अमेरिकी राजदूतसँगको भेटमा आन्तरिक राजनीतिक मुद्दाहरूमाथि कुराकानी नभएको र यस्ता विषयहरू वासिङ्टन नभई नयाँ दिल्लीस्थित केन्द्र सरकारबाटै हल गरिनुपर्ने स्पष्ट पारेका छन् । सन् १९९६ यता बहालवाला अमेरिकी राजदूतहरूबाट श्रीनगरको भ्रमण विरलै हुने गरेको छ ।

पछिल्लो तीन दशकको अवधिमा फ्रायङ्क विस्नर, रोबर्ट ब्ल्याकवेल, टिमोथी रोमर, केन्नेथ जस्टर र हाल सर्जियो गोरसहित जम्मा पाँच जना अमेरिकी राजदूतहरूले मात्र श्रीनगरको आधिकारिक भ्रमण गरेका छन् । यसअघि केन्नेथ जस्टरले दुई पटक भ्रमण गरेका कारण कुल ६ वटा भ्रमणहरू भएका छन् ।

जस्टरले सन् २०१८ को अगस्टमा र सन् २०२० को जनवरीमा विदेशी कूटनीतिज्ञहरूको टोलीसँग श्रीनगरको भ्रमण गरेका थिए । त्यसयता हाल राजदूत गोरले गरेको यो पहिलो एक्लो (स्ट्यान्डअलोन) भ्रमण हो । राजदूत गोरको यो भ्रमणले जम्मु कश्मीरको क्षेत्रीय स्थितिका बारेमा वासिङ्टनको स्पष्ट धारणा पुनः उजागर गरेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ४ : ०९ बजे

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

सिन्धुपाल्चोक-रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ

कोरलाबाट मालवस्तु ढुवानी बढ्यो, एक सातामा २५२ कन्टेनर पुगे

मुस्ताङ– भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व

कपिलवस्तु– कपिलवस्तुका  महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि

गोरखा– गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन