एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा सांस्कृतिक कार्यक्रम   « Khabarhub

एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा सांस्कृतिक कार्यक्रम  


८ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले हनुमानढोका दरवारक्षेत्रमा  विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्दै इन्द्रजात्राको सुरुवातलाई थप उत्साहपूर्ण बनाएका छन् । 

नेपाली मौलिक कला, संस्कृति, परम्परा र समुदायसँगको सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा इन्द्रजात्राको ऐतिहासिक एवं सांस्कृतिक महत्वलाई उजागर गर्दै युवापुस्तालाई आफ्नो मौलिक संस्कृति तथा परम्परासँग जोडिन प्रेरित गरिएको थियो । 

इन्द्रजात्राको जीवन्त वातावरण, सांस्कृतिक विविधता र ऐतिहासिक गरिमालाई थप ऊर्जा प्रदान गर्ने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले विभिन्न सांस्कृतिक गतिविधिमार्फत उत्सवको रौनक बढाएका छन् ।

कार्यक्रममा स्थानीय संस्कृति, कला तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा जोड दिइएको थियो । एक्स्ट्रिम इनर्जी ड्रिंकले स्थानीय जात्रा, पर्व तथा समुदायसँग सहभागी हुँदै आफ्नो सामाजिक उत्तरदायित्वलाई सांस्कृतिक संरक्षणसँग जोड्दै आएको जनाएको छ ।  

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ११ : २७ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको