प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, उजुरीका लागि १० दिनको सीमा « Khabarhub

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, उजुरीका लागि १० दिनको सीमा


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।  

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले सरकारले विभिन्न १३ देशका लागि सिफारिस गरेको प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको हो । 

प्रस्तावित व्यक्तिहरूको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए । 

सुनुवाइका लागि समितिमा प्राप्त प्रस्तावित व्यक्तिको नामबारे आम नागरिकलाई जानकारी गराउन तथा प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली विद्युतीय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उनले बताए ।  

गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन लगायत १३ वटा देशका राजदूत नियुक्त गर्नका लागि सिफारिस गरेको थियो । 

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ११ : ३३ बजे

नेप्से परिसूचक ११ अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

खोरेतको खोप गोठगोठमै खोप

झापा– गाईभैँसीमा खोरेतको सङ्क्रमण बढेसँगै  जिल्लाका १५ वटै पालिकाका किसानले

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

काठमाडौं– जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा

एक वर्षमै २ हजार ४९० करोड भारूले घट्यो शाहरुखको सम्पत्ति

काठमाडौं– बलिउडका ‘किङ’ शाहरुख खानको अनुमानित सम्पत्तिमा ठूलो गिरावट आएको

बहुगुणी कन्दमूल ओलबाट प्रशस्त आम्दानी

सर्लाही– सर्लाहीको बरहथवा क्षेत्रका किसानले बहुगुणी कन्दमूल ओलखेतीबाटै पनि मनग्य