तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोकियो « Khabarhub

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोकियो


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– अमेरिकी सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा लगाएको प्रतिबन्ध अस्थायी रूपमा रोक्दै उनीहरूको पहुँच पुनःस्थापित गर्न आदेश दिएका छन् ।

अमेरिकी जिल्ला न्यायाधीश टिमोथी केलीले जारी गरेको आदेश १४ दिनसम्म लागू हुनेछ। न्यायाधीश केलीले ती सञ्चारमाध्यमले प्रतिबन्धविरुद्ध अस्थायी रोक आदेश प्राप्त गर्न आवश्यक कानुनी आधार पूरा गरेको बताएका छन्। उनले प्रतिबन्धका कारण सञ्चारमाध्यमलाई अपूरणीय क्षति पुग्न सक्ने अवस्था देखिएको उल्लेख गरे।

तीनै सञ्चारमाध्यमले समाचारको विषयवस्तुका कारण आफूहरूलाई लक्षित गरिएको दाबी गर्दै प्रतिबन्धले अमेरिकी संविधानको पहिलो संशोधनले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको अधिकार उल्लङ्घन गरेको जिकिर गरेका थिए। न्यायाधीश केलीले पत्रकारको प्रवेश रोक्नुअघि प्रशासनले पर्याप्त कानुनी प्रक्रिया पूरा गरेको थियो कि थिएन भन्ने विषयमा समेत प्रश्न उठाएका थिए ।

राष्ट्रपति ट्रम्पले ती सञ्चारमाध्यमलाई ‘झुटा समाचार’ प्रकाशन तथा प्रसारण गरेको आरोप लगाउँदै ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाउनुभएको थियो। प्रशासनले भने प्रतिबन्ध समाचारको विषयवस्तुका कारण नभई राष्ट्रिय सुरक्षालगायत कारणले लगाइएको दाबी गरेको छ।

सुनुवाइका क्रममा सञ्चारमाध्यमका अधिवक्ता थियोडोर बोउट्रस जुनियरले महत्त्वपूर्ण समाचारका समयमा पत्रकारको पहुँच रोकिँदा अपूरणीय क्षति हुने तर्क गर्नुभएको थियो। सरकारका अधिवक्ता माइकल भेल्चिकले भने ह्वाइट हाउसमा कसलाई प्रवेश दिने भन्ने निर्णय गर्ने अधिकार राष्ट्रपतिसँग रहेको जिकिर गर्दै ‘ह्वाइट हाउसमा पहुँच एउटा विशेषाधिकार हो, अधिकार होइन’ भनेका थिए ।

न्यायाधीश केलीलाई राष्ट्रपति ट्रम्पले सन् २०१७ मा सङ्घीय न्यायाधीशमा नियुक्त गरेका थिए । उनले यसअघि सीएनएनका पत्रकार जिम एकोस्टाको ह्वाइट हाउस प्रवेश अनुमति पुनःस्थापित गर्न आदेश दिएका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  १२ : ५३ बजे

प्रतिनिधिसभाबाट निःशुल्क कानुनी सहायता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ माथि

जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन राष्ट्रियसभा अध्यक्षको अपिल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित

दोभान बजारमा आगलागी

ताप्लेजुङ- ताप्लेजुङको दोस्रो ठूलो बजारका रूपमा परिचित दोभानमा आगलागी भएको

ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छ : मन्त्री साह

 काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले एलपी ग्यासको अभाव, पेट्रोलियम