लमजुङका छ पालिकामा कांग्रेसको नेतृत्व सर्वसम्मत « Khabarhub

लमजुङका छ पालिकामा कांग्रेसको नेतृत्व सर्वसम्मत


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लमजुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार लमजुङका छ पालिकामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।

जिल्लाका आठ स्थानीय तहमध्ये बेँसीसहर, सुन्दरबजार, मर्स्याङ्दी, दूधपोखरी, दोर्दी र क्व्होलासोथरमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएको नेपाली कांग्रेस लमजुङका जिल्ला सचिव कृष्णबहादुर अधिकारीले बताए।

उनकाअनुसार बेँसीसहर नगर कार्यसमितिको सभापतिमा पूर्णबहादुर थापा (अर्जुन), सुन्दरबजारको सभापतिमा उत्तम गुरुङ, मस्र्याङ्दी गाउँ कार्यसमितिको सभापतिमा लोकनाथ घिमिरे, दूधपोखरीको सभापतिमा कमलप्रसाद धिताल र दोर्दीको सभापतिमा लालबहादुर गुरुङ र क्व्होलासोथर गाउँ कार्यसमितिको सभापतिमा राजु गुरुङ चयन भएका छन् । 

बाँकी मध्यनेपाल र राइनास नगरपालिकामा भने सभापतिका आकाङ्क्षीबीच सहमति जुट्न नसक्दा नेतृत्व चयन हुन नसकेकोे सचिव अधिकारीले बताए।

सचिव अधिकारीका अनुसार ती पालिकामा सहमति हुन नसकेका खण्डमा निर्वाचनमार्फत नेतृत्व चयन गरिनेछ । सहमति जुटाउन केही समय लागेमा असोज १० गतेपछि पनि अधिवेशनको प्रक्रिया अघि बढ्नसक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  १ : १० बजे

नेप्से परिसूचक ११ अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

खोरेतको खोप गोठगोठमै खोप

झापा– गाईभैँसीमा खोरेतको सङ्क्रमण बढेसँगै  जिल्लाका १५ वटै पालिकाका किसानले

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

काठमाडौं– जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा

एक वर्षमै २ हजार ४९० करोड भारूले घट्यो शाहरुखको सम्पत्ति

काठमाडौं– बलिउडका ‘किङ’ शाहरुख खानको अनुमानित सम्पत्तिमा ठूलो गिरावट आएको

बहुगुणी कन्दमूल ओलबाट प्रशस्त आम्दानी

सर्लाही– सर्लाहीको बरहथवा क्षेत्रका किसानले बहुगुणी कन्दमूल ओलखेतीबाटै पनि मनग्य