चिनियाँ राष्ट्रपति पुग्नुअघि रातो कार्पेटमा अमेरिकी सैनिकको तमासा (भिडियोसहित) « Khabarhub

चिनियाँ राष्ट्रपति पुग्नुअघि रातो कार्पेटमा अमेरिकी सैनिकको तमासा (भिडियोसहित)


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यतिबेला चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका भ्रमणमा छन् । राष्ट्रपति सीलाई स्वागत गर्न अमेरिकी समकक्षी डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प मेरिल्याण्ड राज्यको जोइन्ट बेस एन्ड्रियुज विमानस्थल सम्मै पुगेका थिए । राष्ट्रपति सीको स्वागत समारोहअघिको एउटा छोटो भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उक्त भिडियोमा विमानस्थलमा अवतरित चिनियाँ विमानअघि लामो रातो कार्पेट ओछ्याइएको देखिन्छ । चिनियाँ राष्ट्रपतिको स्वागतमा विमानस्थलमा ३० मिटर अर्थात् ९८ फिट लामो रातो कार्पेट ओछ्याइएको जनाइएको छ ।

अवतरित चिनियाँ विमानको ढोकामा चिनियाँ विदेशमन्त्री वाङ यी र अरु चिनियाँ अधिकारी पनि देखिन्छन् । भिडियोमा अमेरिकी सेनाको पोसाक लगाएका केही कर्मचारीले घुँडा धसेर कार्पेट मिलाउँदै गरेको देखिन्छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्नका लागि अन्तिम तयारीस्वरुप अमेरिकी सैनिकले कार्पेट मिलाएको दाबी गरेका छन् । कतिपय आलोचकले चाहिँ चिनियाँ नेताको स्वागत गर्न ट्रम्पले अमेरिकी सैनिकको मान मर्दन गरेको आरोप समेत लगाएका छन् ।

भिडियो हेर्नुहोस्-

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ३ : ५४ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको