चिनियाँ राष्ट्रपति पुग्नुअघि रातो कार्पेटमा अमेरिकी सैनिकको तमासा (भिडियोसहित) « Khabarhub

चिनियाँ राष्ट्रपति पुग्नुअघि रातो कार्पेटमा अमेरिकी सैनिकको तमासा (भिडियोसहित)


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यतिबेला चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका भ्रमणमा छन् । राष्ट्रपति सीलाई स्वागत गर्न अमेरिकी समकक्षी डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प मेरिल्याण्ड राज्यको जोइन्ट बेस एन्ड्रियुज विमानस्थल सम्मै पुगेका थिए । राष्ट्रपति सीको स्वागत समारोहअघिको एउटा छोटो भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उक्त भिडियोमा विमानस्थलमा अवतरित चिनियाँ विमानअघि लामो रातो कार्पेट ओछ्याइएको देखिन्छ । चिनियाँ राष्ट्रपतिको स्वागतमा विमानस्थलमा ३० मिटर अर्थात् ९८ फिट लामो रातो कार्पेट ओछ्याइएको जनाइएको छ ।

अवतरित चिनियाँ विमानको ढोकामा चिनियाँ विदेशमन्त्री वाङ यी र अरु चिनियाँ अधिकारी पनि देखिन्छन् । भिडियोमा अमेरिकी सेनाको पोसाक लगाएका केही कर्मचारीले घुँडा धसेर कार्पेट मिलाउँदै गरेको देखिन्छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्नका लागि अन्तिम तयारीस्वरुप अमेरिकी सैनिकले कार्पेट मिलाएको दाबी गरेका छन् । कतिपय आलोचकले चाहिँ चिनियाँ नेताको स्वागत गर्न ट्रम्पले अमेरिकी सैनिकको मान मर्दन गरेको आरोप समेत लगाएका छन् ।

भिडियो हेर्नुहोस्-

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ३ : ५४ बजे

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ

५०० करोड कमाउने ‘दृश्यम’को यात्रा तेस्रो भागमै टुंगिने, किन चाहँदैनन् निर्देशक चौथो सिक्वेल?

काठमाडौं– बलिउड अभिनेता अजय देवगन अभिनीत ‘दृश्यम ३: द कन्क्लुजन’ले