एक वर्षमै २ हजार ४९० करोड भारूले घट्यो शाहरुखको सम्पत्ति « Khabarhub

एक वर्षमै २ हजार ४९० करोड भारूले घट्यो शाहरुखको सम्पत्ति


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका ‘किङ’ शाहरुख खानको अनुमानित सम्पत्तिमा ठूलो गिरावट आएको छ । एक वर्षको अवधिमा उनको अनुमानित सम्पत्ति २ हजार ४९० करोड भारूले घटे पनि उनी भारतकै सबैभन्दा धनी अभिनेता बनेका छन् ।

‘हुरून इन्डिया रिच लिस्ट २०२६’ अनुसार शाहरुख खानको अनुमानित सम्पत्ति अहिले १० हजार करोड भारू रहेको छ । गत वर्ष उनको सम्पत्ति १२ हजार ४९० करोड भारू अनुमान गरिएको थियो । त्यसबेला उनी पहिलोपटक अर्बपतिको सूचीमा समेत परेका थिए ।

सम्पत्ति घटे पनि शाहरुख लगातार दोस्रो वर्ष भारतका धनी अभिनेता बनेका हुन् । उनको सम्पत्तिमा फिल्मबाट हुने आम्दानी मात्र नभई निर्माण कम्पनी रेड चिलिज इन्टरटेनमेन्ट र आईपीएल टोली कोलकाता नाइट राइडर्ससँग जोडिएका व्यावसायिक लगानी पनि समावेश छन् ।

हुरूनको यस्तो सम्पत्ति अनुमान निजी कम्पनी, लगानी र अन्य सम्पत्तिको मूल्यांकनमा आधारित हुने भएकाले यसको अंक वर्षअनुसार परिवर्तन हुन सक्ने बताइएको छ । त्यसैले सूचीमा देखिएको गिरावटलाई शाहरुखको प्रत्यक्ष आम्दानी घटेको अर्थमा मात्र बुझ्न नहुने देखिन्छ ।

यस वर्षको सूचीमा अमिताभ बच्चन ४ हजार करोड भारू अनुमानित सम्पत्तिसहित दोस्रो स्थानमा छन्। त्यसपछि सलमान खानको ३ हजार करोड र ऋतिक रोशनको २ हजार ५ सय करोड भारू अनुमानित सम्पत्ति रहेको छ।

गत वर्ष ७ हजार ७९० करोड भारू सम्पत्तिसहित सूचीमा रहेकी जुही चावला यसपटक भने समावेश छैनन्। त्यस्तै, करण जोहरको नाम पनि यस वर्षको सूचीमा छैन ।

सम्पत्तिको चर्चासँगै शाहरुख अहिले आफ्नो आगामी फिल्म ‘किङ’ का कारण पनि चर्चामा छन् । सिद्धार्थ आनन्दको निर्देशनमा बन्ने फिल्ममा शाहरुखसँगै सुहाना खान, दीपिका पादुकोण, रानी मुखर्जी र अभिषेक बच्चनलगायत कलाकारको अभिनय छ । फिल्म डिसेम्बर २४ (पुस ९) मा प्रदर्शनमा आउने तयारीमा छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ४ : २८ बजे

विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक

काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली

तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आगामी तीन दिन

‘श्रीलंकाका ६४ प्रतिशत बालबालिकाले सिफारिसभन्दा बढी स्क्रिन समय बिताउँछन्’

एजेन्सी– श्रीलंकामा विद्यालय जाने उमेर नपुगेका करिब ६४ प्रतिशत बालबालिकाले

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई भोलि बिहान सम्बोधन गर्ने, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्