नेप्से परिसूचक ११ अंकले बढ्यो « Khabarhub

नेप्से परिसूचक ११ अंकले बढ्यो


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले  बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७७ अंकले बढेर दुई हजार ६२९ दशमलव ८१ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५५ अंकले बढेर ४६९ दशमलव ०१ मा पुगेको छ । 

त्यसैगरी फ्लोट सूचक शून्य दशमलव ७९ अंकले बढेर १८१ दशमलव १८ मा पुगेको छ । 

यसैगरी सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ५५ अंकले  बढेर १५८ दशमलव ३६ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड ७२ लाख  ७० हजार ४४९ कित्ता शेयर रु पाँच अर्ब ४४ करोड ७३ लाख १३ हजार १६८ मूल्यमा खरिद बिक्री भएका छन् ।  तेह्र उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घट्यो ।

आज १७६ कम्पनीको शेयर बढ्यो भने ९५ कम्पनीको शेयर घट्यो । त्यसैगरी  सात कम्पनीको शेयर स्थिर रह्यो। नेप्सेका अनुसार नेपाल ल्युब आयल, सोनापुर मिनरल्स एण्ड आयल, कुमारी सवल योजनालगायतका लगानीकर्ताले कमाएका छन् । 

त्यसैगरी मिड सोलु हाइड्रोपावर, धौलागिरि  लघु वित्तीय संस्था र सिटिजन सुपर ३० म्युचुअल फण्डलगायतका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ४ : ३२ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा