जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन राष्ट्रियसभा अध्यक्षको अपिल « Khabarhub

जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन राष्ट्रियसभा अध्यक्षको अपिल


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन अपिल गरेका छन् । 

बिहीबार राष्ट्रियसभा बैठकमा अध्यक्ष दाहालले मौसम विज्ञान विभागका अनुसार देशभरिका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएकाले उच्च सतर्कता अपनाउन, आधिकारिक र अद्यावधिक सूचनाको जानकारी लिन, अत्यावश्यक बाहेक यात्रा नगर्न, जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन अपील गरेका हुन् ।

विगतका अनुभवहरूलाई हेर्दा भारी वर्षाको कारण बाढी, पहिरो र डुवान जस्ता प्राकृतिक विपद्‍ आई जनधनको ठूलो क्षति हुन सक्ने उच्च जोखिम रहकाले सजकता अपनाउन उनले आग्रह गरेका हुन् । 

उनले जोखिम न्यूनीकरण र प्रतिकार्यको लागि सङ्घ, प्रदेश, स्थानीय तह लगायतका सरकारी संयन्त्रलाई सक्रिय एवम् पूर्व तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । 

साथै उनले नागरिक समाज, गैरसरकारी संस्था, स्थानीय समुदायसँग समन्वय कायम गरी साझेदारीमा कार्य गर्ने वातावरण बनाउन र सम्भावित जोखिम र त्यसबाट पर्ने प्रभावबारे नागरिकलाई सुसूचित गराई सचेतना अभिवृद्धि गर्न समेत सम्बद्ध सबैलाई अपिल गरेका छन् । 

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ६ : ५५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा