जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन राष्ट्रियसभा अध्यक्षको अपिल « Khabarhub

जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन राष्ट्रियसभा अध्यक्षको अपिल


८ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन अपिल गरेका छन् । 

बिहीबार राष्ट्रियसभा बैठकमा अध्यक्ष दाहालले मौसम विज्ञान विभागका अनुसार देशभरिका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएकाले उच्च सतर्कता अपनाउन, आधिकारिक र अद्यावधिक सूचनाको जानकारी लिन, अत्यावश्यक बाहेक यात्रा नगर्न, जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन अपील गरेका हुन् ।

विगतका अनुभवहरूलाई हेर्दा भारी वर्षाको कारण बाढी, पहिरो र डुवान जस्ता प्राकृतिक विपद्‍ आई जनधनको ठूलो क्षति हुन सक्ने उच्च जोखिम रहकाले सजकता अपनाउन उनले आग्रह गरेका हुन् । 

उनले जोखिम न्यूनीकरण र प्रतिकार्यको लागि सङ्घ, प्रदेश, स्थानीय तह लगायतका सरकारी संयन्त्रलाई सक्रिय एवम् पूर्व तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । 

साथै उनले नागरिक समाज, गैरसरकारी संस्था, स्थानीय समुदायसँग समन्वय कायम गरी साझेदारीमा कार्य गर्ने वातावरण बनाउन र सम्भावित जोखिम र त्यसबाट पर्ने प्रभावबारे नागरिकलाई सुसूचित गराई सचेतना अभिवृद्धि गर्न समेत सम्बद्ध सबैलाई अपिल गरेका छन् । 

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ६ : ५५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली