नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता « Khabarhub

नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- परराष्ट्रमन्त्री शिशिर खनाल र आइसल्यान्डकी समकक्षी पाेर्गदर क्याट्रिन गुनार्सदोतिरबीच संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रका अवसरमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा दुवै परराष्ट्रमन्त्रीले जलवायुजन्य विपद्बाट उत्पन्न अभूतपूर्व आर्थिक तथा मानवीय क्षतिबारे विचार आदानप्रदान गरे ।

नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिका साथै जलवायु परिवर्तनका कारण बढ्दो जोखिमबारे पनि छलफल भएको थियो ।

उनीहरूले विपद्पछिको समयमै पुनःस्थापना, पुनर्मिलन तथा पुनर्निर्माणका लागि सरकारका सबै तह तथा समाजका सबै पक्षको समन्वित प्रयास आवश्यक रहेकोमा जोड दिए ।

विपदबाट प्रभावित समुदायलाई शीघ्र राहत तथा दीर्घकालीन पुनर्निर्माणतर्फ अघि बढाउन समग्र सरकारी तथा सामाजिक संयन्त्र परिचालन गर्नुपर्नेमा दुवै पक्षको समान धारणा रहेको थियो ।

जलवायु परिवर्तनका बढ्दो जोखिम, क्षमता अभाव तथा स्रोतसाधनको सीमिततालाई सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता र अन्तर्राष्ट्रिय सहकार्य थप सुदृढ गर्नुपर्नेमा पनि दुवै परराष्ट्रमन्त्रीहरूले जोड दिए ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ५ : ११ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा