नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता « Khabarhub

नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता


८ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- परराष्ट्रमन्त्री शिशिर खनाल र आइसल्यान्डकी समकक्षी पाेर्गदर क्याट्रिन गुनार्सदोतिरबीच संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रका अवसरमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा दुवै परराष्ट्रमन्त्रीले जलवायुजन्य विपद्बाट उत्पन्न अभूतपूर्व आर्थिक तथा मानवीय क्षतिबारे विचार आदानप्रदान गरे ।

नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिका साथै जलवायु परिवर्तनका कारण बढ्दो जोखिमबारे पनि छलफल भएको थियो ।

उनीहरूले विपद्पछिको समयमै पुनःस्थापना, पुनर्मिलन तथा पुनर्निर्माणका लागि सरकारका सबै तह तथा समाजका सबै पक्षको समन्वित प्रयास आवश्यक रहेकोमा जोड दिए ।

विपदबाट प्रभावित समुदायलाई शीघ्र राहत तथा दीर्घकालीन पुनर्निर्माणतर्फ अघि बढाउन समग्र सरकारी तथा सामाजिक संयन्त्र परिचालन गर्नुपर्नेमा दुवै पक्षको समान धारणा रहेको थियो ।

जलवायु परिवर्तनका बढ्दो जोखिम, क्षमता अभाव तथा स्रोतसाधनको सीमिततालाई सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता र अन्तर्राष्ट्रिय सहकार्य थप सुदृढ गर्नुपर्नेमा पनि दुवै परराष्ट्रमन्त्रीहरूले जोड दिए ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ५ : ११ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्