ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल « Khabarhub

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ह्वाइट हाउसमा स्वागत गरे। दुई नेताले अमेरिका–चीन सम्बन्धसँग सम्बन्धित धेरै महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गर्ने अपेक्षा गरिएको छ।

ट्रम्पले बैठकमा सुरक्षा, प्रविधि र “सुपर इन्टेलिजेन्स“ वा एआई बारे छलफल हुने बताए।

ह्वाइट हाउसमा आयोजित स्वागत समारोहमा सी जिनपिङले दुई देशबीच निरन्तर संवादको आवश्यकतामा पनि जोड दिए।

उनले संवादको माध्यमबाट दुई देशले एकअर्कालाई राम्रोसँग बुझ्न र पारस्परिक विश्वास बढाउन सक्ने बताए। सीले चिनियाँ कम्पनीहरूलाई अमेरिकामा निष्पक्ष व्यवहार गरिने आशा पनि व्यक्त गरे।

बैठकअघि ट्रम्पले एआई नियमहरूको बारेमा आफ्नो अडान दोहो¥याए।

उनले भने कि एआईमा धेरैले नयाँ नियमहरू चाहँदैनन् र यसलाई यथास्थितिमा राख्न चाहन्छन्। ट्रम्पका अनुसार, यस मुद्दामा चीनको पनि समान विचार छ।

दुई नेताहरू बीचको वातावरण सौहार्दपूर्ण देखिए पनि विज्ञहरू भन्छन्– वार्ताले धेरै मुद्दाहरूमा भिन्नताहरू प्रकट गर्न सक्छ। व्यापार, प्रविधि, सुरक्षा र विश्वव्यापी प्रभाव जस्ता मुद्दाहरू पहिले नै अमेरिका र चीन बीच प्रमुख विषयहरू भएका छन्।

बीबीसीका अनुसार २०१७ मा ट्रम्पसँगको पहिलो भेटभन्दा यस पटक सी जिनपिङ बलियो स्थितिमा छन्।

दुई नेताहरूको भेटपछि प्रविधि र एआई क्षेत्रका धेरै प्रमुख व्यावसायिक नेताहरू र कार्यकारीहरूको उपस्थितिमा एक राजकीय रात्रिभोज आयोजना गरिनेछ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ११ : १५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी