फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते « Khabarhub

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

म्याक्रोंले भने- ‘जातिवादी आतङ्कवादी हमला’


७ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। घटनालाई फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले ‘जातिवादी आतङ्कवादी हमला’ को संज्ञा दिएका छन्।

आक्रमणकारीले करिब १५ मिनेटसम्म कारबाट गोली प्रहार गरेका थिए। पेरिसको दक्षिणपश्चिममा पर्ने त्राप र नजिकैको ला भेरिएर क्षेत्रमा भएको घटनामा आप्रवासी मूलका मानिसलाई लक्षित गरिएको हो। घटनापछि संदिग्ध आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ।

घाइतेमध्ये १२ वर्षीया बालिकासहित तीन जनाको अवस्था गम्भीर रहेको छ।

घटनास्थल त्रापको भ्रमणका क्रममा राष्ट्रपति म्याक्रोंले पीडितहरूलाई उनीहरूको छालाको रङ वा धर्मका आधारमा निशाना बनाइएको बताए। उनले समाजमा जरा गाड्दै गएका घृणात्मक विचारधाराविरुद्ध दृढ रहन नागरिकलाई आग्रह गरे।

म्याक्रोंले घटनालाई फ्रान्सेली गणतन्त्र र राष्ट्रको जीवनमा एउटा निर्णायक मोडका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार फ्रान्समा यसअघि यस प्रकारको कुनै व्यक्तिलाई छानेर नभई जातीय आधारमा गरिएको हत्या भएको थिएन।

घटनाको वास्तविक उद्देश्य अझै स्पष्ट भएको छैन। तर, फ्रान्सको राष्ट्रिय आतङ्कवादविरोधी अभियोजन कार्यालय (पीएनएटी) ले घटनालाई ‘आतङ्कवादी गतिविधिसँग सम्बन्धित हत्या’ का रूपमा अनुसन्धान गरिरहेको जनाएको छ।

फ्रान्सेली सञ्चारमाध्यमका अनुसार संदिग्धको नाम केभिन टी हो। ३९ वर्षीय उनी प्रहरीको जानकारीमा रहे पनि देशको गुप्तचर निकायको निगरानीमा नरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

पीएनएटीका अनुसार संदिग्धविरुद्ध यसअघि चारवटा अभियोगमा दोषसिद्धि भएको थियो, तर ती अभिलेख स्वतः हटाइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ७ कार्तिक २०८३, शनिबार  ६ : ११ बजे

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको