अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी « Khabarhub

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी


७ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा प्रदान गर्दै आएका कन्फ्युसियस इन्स्टिच्युटहरूलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍याएको छ ।

अमेरिकी रक्षामन्त्री पीट हेगसेथले ती संस्थाहरूले चिनियाँ प्रचार केन्द्रका रूपमा काम गरिरहेको आरोप लगाएका छन् । उनले अमेरिकी विश्वविद्यालयहरूमा विभिन्न नाममा यस्ता दर्जनौँ केन्द्र स्थापना गरिएको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोमा हेगसेथले ती संस्थाहरूको उद्देश्य बौद्धिक सम्पत्ति चोरी गर्नु र अमेरिकी विद्यार्थीहरूको विचारधारालाई प्रभावित पार्नु रहेको आरोप लगाएका छन् ।

उनका अनुसार अमेरिकी रक्षा मन्त्रालयले यस्ता केन्द्रहरूलाई व्यवस्थित रूपमा बन्द गर्ने दिशामा काम गरिरहेको छ ।

कन्फ्युसियस इन्स्टिच्युटहरू चिनियाँ भाषा तथा संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न देशका शैक्षिक संस्थाहरूसँगको सहकार्यमा स्थापना गरिएका केन्द्र हुन् ।

यस विषयमा वासिङ्टनस्थित चिनियाँ दूतावासले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : ७ कार्तिक २०८३, शनिबार  १ : २० बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्