दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला « Khabarhub

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला


७ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगिताको तयारीस्वरूप संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले तयारी तीव्र पारेका छन्।

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खेल पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। प्रतियोगिताको उद्‌घाटन र समापन समारोह हुने १० हजार दर्शक क्षमताको रंगशाला निर्माण सम्पन्न भएसँगै कर्णालीले राष्ट्रिय खेलकुदलाई स्वागत गर्ने तयारी गरेको हो।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा सम्पन्न भएपछि दशौँ संस्करण आयोजना गर्ने जिम्मेवारी कर्णाली प्रदेशले पाएको थियो। सोही जिम्मेवारीअनुसार प्रदेश गौरवको आयोजनाका रूपमा वीरेन्द्रनगरमा आधुनिक सुविधासहितको रंगशाला निर्माण गरिएको हो।

रंगशालामा प्रतियोगिताको उद्‌घाटन तथा समापन समारोह आयोजना गरिनेछ। आधुनिक पूर्वाधारसहित निर्माण गरिएको यस रंगशालाले राष्ट्रिय खेलकुदका विभिन्न प्रतियोगिता सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

दशौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन्। प्रतियोगितामा ३२ खेल विधामा प्रतिस्पर्धा हुनेछ।

लामो समयदेखि प्रतीक्षामा रहेको प्रतियोगिताको मिति नजिकिँदै जाँदा कर्णाली प्रदेशमा खेलकुद गतिविधि र तयारीले गति लिएको छ। निर्धारित समयमै प्रतियोगिता सम्पन्न गर्न सम्बन्धित निकायले पूर्वाधार व्यवस्थापन, खेल सञ्चालन र अन्य आवश्यक तयारीलाई तीव्रता दिएका छन्।

प्रकाशित मिति : ७ कार्तिक २०८३, शनिबार  १ : ४० बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्