यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ? « Khabarhub

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?


७ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया कपका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा सहभागी हुने नेपाली टोलीको घोषणा गरेको छ।

प्रतियोगिताको पूर्वतयारीका लागि प्रारम्भिक चरणमा छनोट भएका खेलाडीहरूलाई पोखरामा आयोजना गरिने विशेष बन्द प्रशिक्षणमा समावेश गराइनेछ। आगामी अक्टोबर २६ देखि पोखरामा सुरु हुने यो बन्द प्रशिक्षणमार्फत खेलाडीहरूको क्षमता, लय र फिटनेसको मूल्यांकन गरी अन्तिम टोलीको छनोट गरिनेछ।

क्यानद्वारा सार्वजनिक गरिएको प्रारम्भिक टोलीमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, सुशील रावल, दर्श सोनार, विपिन शर्मा, जोय थापा, सोहिल कुँवर, सौजन घिमिरे, भुपाल दंगाल र दीपक सेमेला रहेका छन्। यसैगरी टोलीका अन्य सदस्यहरूमा शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यान्शु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी, शिवांश बजगाईं, सुगम बुढाथोकी, आशिक बैठा, रौनक श्रीवास्तव, रोहित चन्द, कृतिक कामत, राहुल हक र रोशन शाही समेटिएका छन्।

पोखरामा सञ्चालन हुने यस बन्द प्रशिक्षणले युवा खेलाडीहरूलाई प्राविधिक रूपमा मजबुत बनाउनुका साथै उच्चस्तरीय प्रतिस्पर्धाका लागि टोलीको समन्वय र रणनीति तयार गर्न महत्त्वपूर्ण सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

यू-१९ एशिया कप आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमनमा सञ्चालन हुँदैछ ।

प्रकाशित मिति : ७ कार्तिक २०८३, शनिबार  २ : २९ बजे

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया