स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन « Khabarhub

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन


७ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल स्टारलिङ्कको सम्पर्क युक्रेनमा पुनः स्थिर भएको त्यहाँको सरकारले शनिबार जनाएको छ । स्टारलिङ्क सेवाको विषयलाई लिएर केही दिनयता वासिङ्टनसँग तनाव बढिरहेका बेला युक्रेनको यस्तो भनाइ आएको हो ।

रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट आफ्नो रक्षा गर्न सङ्घर्ष गरिरहेको युक्रेनले नागरिक प्रयोजनको स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीका साथै सैन्य प्रयोजनको स्टारशिल्ड संस्करणमा निर्भर रहँदै आएको छ । रक्षामन्त्री येभगेनी खमाराले एक विज्ञप्तिमा निगरानी प्रणालीहरूले स्टारलिङ्क र स्टारशिल्डको गति सुधार भएको देखाएको बताए ।

उनले यो उपलब्धि विशेषगरी अग्रपङ्क्तिमा रहेका सैनिक, ड्रोन सञ्चालन, रसद व्यवस्थापन तथा सञ्चारका लागि महत्वपूर्ण रहेको बताए । स्टारलिङ्क सञ्जाल युक्रेन र अमेरिकाबीचको विवादको केन्द्रमा रहँदै आएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वासिङ्टनले रुसलाई सहयोग गरेको आरोप लगाएका छन् ।

उनका अनुसार, रुसी क्षेप्यास्त्र आक्रमणबारे किएभलाई पूर्वसूचना नदिनु र स्टारलिङ्कको गति सीमित पार्नुले युक्रेनको सैन्य प्रतिकार्य कमजोर भएको छ । रक्षामन्त्री खमाराले यस विषयमा राष्ट्रपति जेलेन्स्कीले लिएको ‘दृढ अडान’ को प्रशंसा गर्दै त्यसको सकारात्मक नतिजा देखिन थालेको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार किएभलाई सञ्चार प्रणालीमा समस्या भइरहेको भए स्पेसएक्सका प्रमुख तथा प्रविधि उद्यमी एलन मस्कसँग कुरा गर्ने बताएका थिए ।

यसअघि बिहीबार नै ट्रम्पले मस्कले स्टारलिङ्कमा पहुँच पुनःस्थापित गरिसकेको बताएका थिए । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता मस्कले युक्रेनप्रतिको आफ्नो धारणा पटक–पटक परिवर्तन गर्दै आएका थिए । यद्यपि, उनले सञ्चार सेवामा आएका अवरोधका लागि स्पेसएक्स जिम्मेवार नभएको र त्यसको जिम्मेवारी अमेरिकी सरकारको भएको दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८३, शनिबार  ४ : १० बजे

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ