नेकपाको जागरण अभियान सुरु « Khabarhub

नेकपाको जागरण अभियान सुरु


७ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले राष्ट्रिय जागरण अभियानको शुभारम्भ गरेका हुन् । राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको रक्षा, जनजीविका तथा पार्टी समायोजन, सदस्यता नवीकरण र सङ्गठन सुदृढीकरणका लागि राष्ट्रिय राजनीतिक तथा सङ्गठनात्मक विशेष अभियानका रूपमा नेकपाले राष्ट्रिय जागरण अभियान सुरु गरेको हो ।

राष्ट्रिय जागरण अभियानमा सहभागीताका लागि पार्टीका तर्फबाट अपिल जारी गर्दै नेकपा संयोजक प्रचण्डले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग सम्बन्धित चुनौती तथा भूराजनीतिक चलखेलप्रति गम्भीरतापूर्वक सचेत हुनुपर्ने अवस्था रहेको बताए ।

उनले अभिव्यक्ति स्वतन्त्रताका लागि भएका आन्दोलनको जगमा गठन भएको सरकारबाटै फरक मतप्रति असहिष्णु व्यवहार देखाउने, बोल्ने र प्रश्न गर्ने जनताको स्वतन्त्रतामाथि रोक लगाउने र निजि क्षेत्र र नागरिक अधिकारमाथि हस्तक्षेप तथा भय र त्रासको वातावरण सिर्जना हुने प्रवृत्ति देखाइरहेको आरोप लगाए । आफ्ना विगतका कामहरुको इमानदारीपूर्वक समीक्षा गरी आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित हुँदै जनताको विश्वास र भरोसा अझ बलियो बनाउदै अघि बढ्ने प्रचण्डले बताए ।

उनले अभियानका क्रममा जनताले भोगेका समस्यालाई स्थानीय, प्रदेश र संघीय तहका सम्बन्धित निकायसमक्ष पु¥याउने, आवश्यकताअनुसार मागपत्र तथा ज्ञापनपत्र प्रस्तुत गर्ने र समाधानका लागि निरन्तर पहल गर्ने धारणा राखे । राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्र निर्णय गर्ने अधिकारको रक्षाका लागि व्यापक राष्ट्रिय एकता आवश्यक रहेको उनले बताए । त्यस्तै प्रचण्डले तत्काल एमालेसँग पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारे । तर देश संकटमा रहेको, राष्ट्रिय स्वाधीनता अप्ठ्यारोमा परेको र जनताका लोकतान्त्रिक अधिकारहरू जोखिममा परेको अवस्थामा विचार मिल्ने शक्तिहरूसँग सहकार्य गर्न नेकपा नडराउने प्रचण्डले बताए ।

त्यस्तै उनले अभियानसँगै आफ्नै पार्टीलाई सुदृढ र रूपान्तरण गर्ने भन्दै सदस्यता नवीकरण तथा अद्यावधिक, संगठनात्मक समायोजन, कार्यविभाजन र पार्टी एकताका बाँकी काम तल्लो तहसम्म सम्पन्न गर्ने जानकारी दिए । नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान मङ्सिर २५ गते समापन हुने प्रचण्डले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०८३, शनिबार  ४ : ४५ बजे

बाढी प्रभावित बालबालिकाको संरक्षण योजनामा सहभागी हुन आह्वान

काठमाडौँ – राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको

स्पेसएक्सको स्टारशिप परीक्षण असफल

एजेन्सी– अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सलाई स्टारशिप रकेटको पछिल्लो परीक्षणमा

ओझेलमा परेका तीर्थस्थलको प्रचारप्रसारमा जोड

काठमाडौँ– देशका ऐतिहासिक तथा पौराणिक तीर्थस्थलको पहिचान, संरक्षण र प्रचारप्रसार

राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, ८० लाख बराबर क्षति

भक्तपुर– मध्यपुरथिमि-९ राधेराधेस्थित प्रजापति कम्प्लेक्सको सातौँ तलामा आज बिहान आगलागी

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

गण्डकी– तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका