दाङमा सराय नाचको रौनक सुरु « Khabarhub

दाङमा सराय नाचको रौनक सुरु


७ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितिको आयोजनामा आज सराय नाच मेलाको सुरुआत गरिएको हो । यसको संरक्षणका लागि सराय नाचको सुरुआत निकै सकारात्मक रहेको गुल्मी जिल्ला मदाने गाउँपालिका–७ बाट बसाइँ सरेर घोराहीमा बस्दै आउनुभएका आशिष पन्थी बताउँछन् ।

यसले हरेर वर्ष यसरी नै निरन्तरता पायो भने सराय नाचको संरक्षण हुने उनको भनाइ छ । आफू पनि यस नाचमा सहभागी हुन पाउँदा खुसी लागेको उनले बताए । “यो हाम्रो संस्कृतिक, परम्परा र मौलिक कला हो । यसको संरक्षणका लागि सबै लाग्नुपर्छ”, पन्थीले भने ।

उनले आफू बसाइँ सरेर यहाँ आएदेखि सराय नाच हेर्न नपाए पनि अहिले भने खुसी लागेको बताए । विभिन्न पहाडी जिल्लाबाट यहाँ आएका नागरिकसँगै सम्पूर्ण यसको संरक्षणमा लाग्नुपर्ने उनले बताए । तरबार, खुडा र खुकुरी नचाउँदै पञ्चेबाजाको तालमा सामूहिक रूपमा सराय नाच नाचिन्छ । तर, यो कला सङ्कटमा पर्ने थालेको भन्दै जिल्लामा यसवर्षदेखि सुरुआत गरिएको हो ।

यस नाचले दसैँमा टीका र जमरासँगै परिवार तथा आफन्तसँगको भेटघाटलाई विशेष महत्त्व दिन्छ । देवीदेवताले दानवमाथि विजय प्राप्त गरेको खुसीयालीमा मनाइने सराय नाच दसैँको प्रमुख सांस्कृतिक आकर्षणका रूपमा रहेको हुँदा जिल्लामा पनि यस नाचको यस वर्षदेखि सुरुआत गरिएको घोराहीका नारायण भुसाल बताउँछन् ।

ऐतिहासिक मन्दिर अम्बिकेश्वरी मन्दिरबाट सराय नाच मेलाको सुरु गरेको उनको भनाइ छ । यो नाचले आगामी दिनमा संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । गुल्मी, अर्घाखाँची, प्यूठान र पाल्पाका ऐतिहासिक कोटघर तथा शक्तिपीठमा विशेष महत्त्वका साथ नाचिने यो नाच बसाइँसराइसँगै दाङमा पनि विस्तार गरिएको छ । देवी भगवतीले असत्यमाथि सत्यको विजय हासिल गरेको खुसीयालीमा विजयोत्सवका रूपमा यो नाच सुरु भएको धार्मिक विश्वास छ ।

घोराही उपमहानगरपालिका–१५ का पाण्डव खनालले पहिले पहाडी जिल्लामा सीमित जस्तै रहेको सराय नाच पछिल्लो समय बसाइँसराइसँगै दाङमा पनि यस वर्षदेखि विस्तार गरिएको बताए । पहाडी जिल्लाबाट बसाइँ सरेकाले पनि आफ्नो मौलिक संस्कृति जोगाउने उदेश्यले सबैको सहभागितामा सराय नाचको गरेको उनको भनाइ छ । आफ्नो संस्कृति र परम्परासँग जोडीराख्ने उद्देश्यले जिल्लामा सराय नाचको सुरु गर्दा सबै खुसी भएका छन् ।

उनले भने, “पछिल्लो समय सराय नाच महत्वपूर्ण बन्दै आएको छ, पहिले पहाडी क्षेत्रमा मात्रै गरिने यो नाच बसाइँसराइसँगै तराईका विभिन्न क्षेत्रमा सुरु भएको छ ।” सराय नाच केबल मनोरञ्जनका लागि गरिने प्रदर्शन होइन । यसमा धार्मिक आस्था, पूजा विधि र स्थानीय परम्पराको विशिष्ट संयोजन पाइने उनको भनाइ छ ।

सराय नाच हुने दिन विधिअनुसार पूजाआजा गरेपछि स्थानीय चलनअनुसार नाच सुरु गरिन्छ । नयाँ पुस्तालाई यसको इतिहास र महत्त्व बुझाउन नसक्दा संस्कृति सङ्कटमा पर्ने चिन्ताले दाङमा यसको सुरुआत गरेको उनले बताए । “पहाडी जिल्लामा इतिहास बोकेको सराय नाच अहिले तराईमा पनि विस्तार भएको छ”, उनले भने, “पहाडमा गरिने विधि र परम्परालाई पछ्याउँदै तराईमा पनि सराय नाच्न थालिएको छ ।”

सराय नाचमा पहिले पुरुषको सहभागिता बढी हुने गरे पनि अहिले महिलाको सहभागिता पनि बढ्दै गएको छ । यसले परम्परागत संस्कृतिमा नयाँ पुस्ता र महिलाको सहभागिता विस्तार भइरहेको देखाउँछ ।

प्रकाशित मिति : ७ कार्तिक २०८३, शनिबार  ६ : ५२ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का