नक्कली हुलाक टिकट वेबसाइट चालएर ठगी गरेको आरोपमा अमेरिकामा एक जना पाकिस्तानी पक्राउ « Khabarhub

नक्कली हुलाक टिकट वेबसाइट चालएर ठगी गरेको आरोपमा अमेरिकामा एक जना पाकिस्तानी पक्राउ


७ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नक्कली हुलाक टिकट वेबसाइट सञ्चालन गरी अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख डलर बराबरको क्षति पुर्‍याएको आरोपमा एक पाकिस्तानी नागरिक पक्राउ परेका छन्। पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तस्थित खानेवालका ३३ वर्षीय फहीम अक्रमलाई हप्तौँ लामो खोजतलासपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

पाकिस्तानको राष्ट्रिय साइबर अपराध अनुसन्धान एजेन्सीका वरिष्ठ अधिकारी अतिफ अमिरका अनुसार उनलाई देशभित्रका विभिन्न स्थानमा चलाइएको छापामारी अभियानपछि पक्राउ गरिएको हो। अमेरिकाको फ्लोरिडास्थित दक्षिणी जिल्लाको सङ्घीय ग्रान्ड जुरीले अक्रमविरुद्ध मुद्दा दर्ता गरिसकेको छ। अमेरिकी अभियोजकहरूका अनुसार अक्रमले मिथ्या वेबसाइट सञ्चालन गरी ५,२०० भन्दा बढी ग्राहकलाई ५१ लाखभन्दा बढी नक्कली हुलाक लेबल बिक्री गरेका थिए।

उक्त वेबसाइटले पार्सलको आकार, तौल वा गन्तव्य जेसुकै भए पनि प्रति लेबल करिब दुई अमेरिकी डलरमा बिक्री गर्ने गरेको थियो। यसले गर्दा ग्राहकहरूले आधिकारिक हुलाक महसुलभन्दा निकै सस्तो मूल्यमा सामान पठाउन पाएका थिए। तर, यसरी नक्कली लेबल प्रयोग भएका कारण अमेरिकी हुलाक सेवाले उचित शुल्क नपाई पार्सल ढुवानी र वितरण गर्नुपर्दा ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको बताइएको छ।

१२ करोड ६० लाख डलरभन्दा बढीको यो नोक्सानी हुलाक सेवालाई परेको अनुमानित क्षति हो, जुन अक्रमले व्यक्तिगत रूपमा कमाएको रकम भने होइन। अनुसन्धानकर्ताहरूका अनुसार अक्रमले अगस्ट २०२३ देखि सेप्टेम्बर २०२६ सम्म उक्त वेबसाइट सञ्चालन गरेका थिए। यस अवधिमा गैरकानुनी कारोबार व्यवस्थापनका लागि उहाँले आफ्नो, श्रीमती, भाइ, बहिनी र सानीआमा लगायतका परिवारका सदस्यहरूका नाममा रहेका १६ वटा बैंक खाता प्रयोग गरेको पाइएको छ।

प्रकाशित मिति : ७ कार्तिक २०८३, शनिबार  ७ : ५७ बजे

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट

सूर्योदयको पर्खाइमा छठघाटमा जाग्राम बर्तालु

महोत्तरी – छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका

राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा

काठमाडौं – कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि

पोखरासँग हार्‍यो काठमाडौं, अब एलिमिनेटरमा चितवनसँग भिड्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

चितवन – गत साता नेपाल प्रिमियर लिग (एनपिएल)हेर्न बसमा काठमाडौँ