एसिया कप राइजिङ स्टार्स : पाकिस्तान ‘ए’ सँग भिड्दै नेपाल « Khabarhub

एसिया कप राइजिङ स्टार्स : पाकिस्तान ‘ए’ सँग भिड्दै नेपाल


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – नेपालले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा आज पाकिस्तान ‘ए’ को सामना गर्दै छ ।

खेल दिउँसो ३:४५ बजेदेखि दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा भारतविरुद्ध ३०६ रनको हार व्यहोरेको नेपालले दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध ६ विकेटको जित निकालेको थियो ।

यता, एक खेलअगावै सेमिफाइनल पुगिसकेको पाकिस्तान लगातार तेस्रो जित निकाल्ने सोचमा छ । टोलीले यसअघि यूएई र भारत ‘ए’ लाई हराएको छ ।

इमर्जिङ कपमा हालसम्म नेपाल र पाकिस्तान ‘ए’ बीच एकपटक मात्र भेट भएको छ । सन् २०२३ को संस्करणमा पाकिस्तानविरुद्ध नेपालले चार विकेटको हार व्यहोरेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  २ : ४१ बजे

एसिया कप राइजिङ स्टार्स : पाकिस्तान ‘ए’ सँग भिड्दै नेपाल

काठमाडाैँ – नेपालले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय

‘जलाकी’ र ‘हिमालयन गोल्ड’ लाई दर्शकको खडेरी

काठमाडौं– नेपाली फिल्मको घरेलु बक्स अफिसमा अहिले रोचक अन्तर देखिएको

वैज्ञानिकहरूले पत्ता लगाए अहिलेसम्मकै टाढाको क्वासर

एजेन्सी– वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड

सामुदायिक वनको ओडारबाट ८ नाल भरुवा बन्दुक बरामद

सल्यान – सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० भवटीस्थित सामुदायिक वनको ओडारबाट

उपत्यकामा एकै दिन ७७४ सवारीचालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ जना सवारीचालक