अर्थसम्बन्धी विधेयक समितिबाट सर्वसम्मतिले पारित « Khabarhub

अर्थसम्बन्धी विधेयक समितिबाट सर्वसम्मतिले पारित


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयक, २०८३ प्रतिनिधिसभाको अर्थ समितिबाट सर्वसम्मतिले पारित भएको छ ।

समितिको आज बसेको बैठकमा विधेयकमाथि दफावार छलफल सम्पन्न गर्दै आवश्यक संशोधनसहित सर्वसम्मतिले पारित गरिएको हो ।

अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले विधेयकका विभिन्न दफामाथि विस्तृत छलफल गरी आवश्यक संशोधनसहित पारित गरिएको जानकारी दिए ।

उनका अनुसार विधेयकमा राजस्व प्रशासनको आधुनिकीकरण, कर तथा भन्सार प्रणालीमा सुधार, राजस्व चुहावट नियन्त्रण र गैरकर राजस्व व्यवस्थापनलगायत विषय समेटिएका छन् । त्यसैगरी आर्थिक गतिविधिमा सहजीकरण गर्ने र समयसापेक्ष नरहेका कानुनी व्यवस्था खारेज गर्ने प्रावधान पनि विधेयकमा राखिएको छ ।

विधेयकले राजस्व प्रशासनलाई थप पारदर्शी, प्रविधिमैत्री, व्यवस्थित र प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिएको समितिले जनाएको छ ।

समितिले विधेयकमाथिको दफावार छलफल सम्पन्न गरी सर्वसम्मतिले पारित गरेसँगै विधेयकसम्बन्धी प्रतिवेदन तयार पारेर आगामी बैठकमा पेस गर्न समिति सचिवालयलाई निर्देशन दिएको छ ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायत सहभागी थिए ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ६ : १९ बजे

अर्थसम्बन्धी विधेयक समितिबाट सर्वसम्मतिले पारित

काठमाडौँ– अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयक,

कानूनमन्त्री गौतम र साउदी राजदूतबीच शिष्टाचार भेट, के-के भए कुराकानी ?

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालस्थित साउदी अरेबिया

रोमानियामा नेपाली श्रमिकका समस्या समाधान गर्न सरकारी पहल, म्यानपावरमाथि छानबिन

काठमाडौँ – रोमानियामा कार्यरत नेपाली श्रमिकले भोगिरहेका समस्या समाधान गर्न सरकारले

बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग

चितवन- भोटेकोशी बाढीबाट प्रभावित रसुवाको कालिका गाउँपालिका–३ वेतिनीस्थित बच्छलादेवी आधारभूत विद्यालयका

बालेनको भारत भ्रमणबाट उत्साहित मोरङ उद्योग व्यापार संघ

काठमाडौं– मोरङ उद्योग व्यापार संघले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबाट