ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’ « Khabarhub

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला विवादित अभिव्यक्तिको टिप्पणी गरेका छन्।

निर्वाचनको संवेदनशील घडीमा सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पाण्डेले पार्टीलाई एकढिक्का बनाउने जिम्मेवारी नेतृत्वकै भएको बताएका छन्।

उनले यस्तो समयमा नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउने होइन, सबैलाई जोड्ने ऊर्जा दिनुपर्ने उल्लेख गरेका छन्।

आफ्नै सहयोद्धालाई सार्वजनिक रूपमा न्यूनिकरण गर्नु राजनीतिक परिपक्वता नभएको उनको भनाइ छ। बाह्य चुनौतीको सामना संस्थागत निर्णय र सामूहिक विचारको आधारमा गर्नुपर्नेमा उनले जोड दिएका छन्।

पाण्डेले टिकट वितरणको ‘क्याल्कुलेसन’ पार्टी हितका लागि विरोध नगरी स्वीकार गरिएको स्पष्ट गर्दै, पूर्वाग्रही टिप्पणीले एमालेको साझा संकल्पलाई कमजोर बनाउने बताएका छन्।

वैचारिक असहमति राख्ने नेताहरू पनि उत्तिकै आदरणीय एमाले भएको र मत फरक हुँदैमा कसैप्रति पूर्वाग्रह नराख्ने आफ्नो राजनीतिक संस्कार रहेको उनको भनाइ छ।

टिप्पणीहरूको खण्डनमा अल्झिनुभन्दा आफू एमालेका उम्मेदवारहरूलाई जिताउन र संगठनको साख जोगाउन पूर्ण रूपमा मैदानमा खटिएको पाण्डेले उल्लेख गरेका छन्।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ८ : ४५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर