नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन « Khabarhub

नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सिन्धुलीगढी– नेपाली सेनाको मध्यपूर्वी पृतनाले सिन्धुलीको हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म सञ्चालन गरेको पदयात्रा शुक्रबार सिन्धुलीगढीमा एक औपचारिक कार्यक्रमबीच समापन गरिएको छ।

मध्यपूर्वी पृतना हे.क्वा. बर्दिवास, श्री नं. ९ बाहिनी अड्डा तथा हरिहरपुरगढी गाउँपालिका र कमलामाई नगरपालिकाको समन्वयमा ५ माघमा ऐतिहासिक स्थल हरिहरपुरगढीबाट सुरु गरिएको पदयात्रा ऐतिहासिक सिन्धुलीगढीमा आएर समापन भएको हो ।

नेपाली सेनाको भवानी बक्स गणका गणपति प्रमुख सेनानी सुदीप कुमार बिष्टको नेतृत्वमा मध्यपूर्वी पृतना अन्तर्गतका बाहिनी, गण तथा गुल्महरूबाट २२५ जना सैनिक अधिकृत तथा जवानहरूको टोलीले पाँच दिनसम्म पदयात्रा गरेको थियो।

टोलीले पाँच दिनमा ४७ किलोमिटर पैदल यात्रा तथा ७४ किलोमिटर सवारी यात्रा पूरा गरी सिन्धुलीगढी आइपुगेको थियो ।

समापन समारोहका अवसरमा पदयात्रा टोलीको झण्डा मध्यपूर्वी पृतनापति उपरथी कृष्णबहादुर जीसीलाई हस्तान्तरण गरिएको थियो।

समारोहलाई सम्बोधन गर्दै उपरथी जीसीले गढी तथा सामरिक भूगोलको महत्व हिजो, आज र भविष्यमा पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ९ : ३९ बजे

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं– डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी– भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध

पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरू)

भोजपुर– खोटाङ र भोजपुरको सीमा क्षेत्रमा अवस्थित भोजपुर टेम्केमैयुङ गाउँपालिकाको

काठमाडौं महानगरका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौं– विगतका वर्षहरूमा भन्दा आगामा शैक्षिक शत्रका लागि काठमाडौं महानगरपालिका