पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरू) « Khabarhub

पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरू)


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भोजपुर– खोटाङ र भोजपुरको सीमा क्षेत्रमा अवस्थित भोजपुर टेम्केमैयुङ गाउँपालिकाको चखेवा भञ्ज्याङ पछिल्लो समय पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

प्राकृतिक सौन्दर्य, सांस्कृतिक समृद्धि र पहुँचयुक्त पूर्वाधारले यस क्षेत्रलाई पर्यटकका लागि सहज गन्तव्य बनाएको हो।

समुद्री सतहबाट २ हजार ३५१ मिटरको उचाइमा अवस्थित चखेवा भञ्ज्याङ भोजपुर सदरमुकामबाट करिब ४० किलोमिटर दूरीमा पर्छ । कालोपत्रे सडकले जोडिएको यो स्थल स्थानीय खानाका स्वाद र प्राकृतिको न्यानोपन महसुस गर्न चाहने पर्यटकहरूको रोजाइमा पर्दै गएको छ।

चखेवा क्षेत्रलाई संस्कार, संस्कृति र सभ्यताको पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने  टेम्केमैयुङ गाउँपालिकाको योजना समेत रहेको छ ।

चखेवा भञ्ज्याङ मध्य पहाडी लोकमार्गसँगै मुन्दुम पदमार्गको केन्द्र विन्दुमा पर्छ, जसले गर्दा यस क्षेत्रको पर्यटकीय महत्व झनै बढेको छ।

गाउँपालिकाले बृहत् सांस्कृतिक सङ्ग्रहालय, पार्क तथा संस्कृति अध्ययन केन्द्र निर्माणका लागि केन्द्र सरकारबाट करिब ३ करोड रुपैयाँको बजेटसमेत सुनिश्चित गरिसकेको छ।

गाउँपालिकाले ‘कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधार : टेम्केमैयुङ विकासको आधार’ भन्ने मूल नारासहित चखेवा क्षेत्रको विकासमा लगनशीलता देखाएको छ ।

अबको लक्ष्य भनेको पूर्वाधार सुदृढीकरण, सांस्कृतिक सम्पदा संरक्षण र स्थायी पर्यटनको माध्यमबाट स्थानीय जीवनस्तरमा रूपान्तरण ल्याउनु हो।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  १० : ४४ बजे

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा

एमालेद्वारा बालेन सरकारको १०० दिनको समीक्षा : काम फितलो र योजनाहरू विवादास्पद

काठमाडौं– नेकपा (एमाले)ले वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिन

बैतडीमा यात्रुवाहक बस दुर्घटना : १७ जना घाइते

दशरथचन्द– बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका

सुशासन र नागरिक सेवाका हिसाबले सरकारका सय दिन सफल : रवि

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार मेला

काठमाडौं– सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार