काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराउन झापा ५ पुग्दा जमानत जफत भएका युग पाठक पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।
लेखक, विश्लेषक तथा नागरिक अभियन्तासमेत रहेका पाठक लाई शनिबार नेकपा संयोजक प्रचण्डले स्वागत गरेका छन् । पाठक आफ्ना लेखहरूमार्फत् एमाले अध्यक्ष ओलीको कडा आलोचना गरिरहन्छन् ।
उनी २०७९ मा ओलीलाई हराउने भन्दै झापा ५ मा चुनाव लड्न पुग्दा जमानत जफत भएको थियो ।
यस क्षेत्रमा १ लाख ५४ हजार २८९ मतदाता थिए। यहाँ ९८ हजार ६३१ मत खसेको थियो। जसमा ५११७ मत बदर भएको छ। पाठकले ३ सय ५६ मत मात्र प्राप्त गरेका थिए।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुने कानुनी प्रावधान छ । उनले मुख्य प्रतिस्पर्धी ठानेका ओली ५२ हजार ३ सय १९ मतसहित विजयी भएका थिए।
ओलीका प्रतिद्वन्द्वी तत्कालीन सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार २३१ मत ल्याएका थिए













प्रतिक्रिया