सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा नेकपा (एमाले) र नेपाली कांग्रेसका संयुक्त उम्मेदवारलाई विजयी बनाउन अपिल गरेको छ ।
आज कर्णाली प्रदेशसभा भवनमा बसेको नेकपा (एमाले) प्रदेशसभा संसदीय दलको बैठकले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा महिलातर्फ मीनासिंह रखाल र अन्यतर्फ ललितजंग शाहीलाई मतदान गरी विजयी बनाउन अपिल गर्ने निर्णय गरेको हो ।
दलका नेता एवं कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट मुख्यमन्त्री कँडेल केन्द्रीय सचिवमा निर्वाचित भएकामा बधाई तथा शुभकामना समेत व्यक्त गरेको छ ।
त्यसैगरी, बैठकले माघ १८ गतेदेखि सुरु हुने कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनमा संसदीय दलका सबै सदस्यहरू सक्रिय रूपमा सहभागी भइ प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय समेत गरेको छ ।












प्रतिक्रिया