कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल « Khabarhub

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित राससका सेवाग्राही तथा सञ्चारकर्मीसँग संयुक्त रुपमा छलफल गरेका छन् ।

लहानस्थित रासस कार्यालयमा आज उहाँले राससका सेवाबारे सेवाग्राहीसँग छलफल गरेका हुन् । त्यस क्रममा अध्यक्ष झाले राससबाट प्रारम्भ भएका विभिन्न मातृभाषाका समाचार सेवा र श्रव्यदृश्य सेवाबारे जानकारी दिँदै राससका सेवालाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन संस्था गम्भीर रहेको बताए।

अध्यक्ष झाले राससको विश्वसनीयताबारे चर्चा गर्दै भने, ‘हाम्रा सेवा देशभित्र मात्र होइन अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आधिकारिक स्रोतका रूपमा उपयोग भइरहेका छन् । म सञ्चारकर्मी साथीहरूलाई न्यूनतम शुल्कमा राससका सेवा लिएर आफ्ना सञ्चारमाध्यमलाई अझ गुणस्तरीय बनाउन आग्रह गर्दछु ।’

राससका सेवाग्राही एवं जिय मिडिया हबका पत्रकार अनिल यादवले राससबाट उत्पादित सामग्री विश्वसनीय हुने भएकाले आफूहरूले समाचार सामग्री लिएको बताउँदै अझ गुणस्तरीय सामग्री राससले प्रवाह गर्नेमा आफू विश्वस्त रहेको बताए। उनले न्यून शुल्कमा राससका विविध सेवा पाउँदा स्थानीय सञ्चारमाध्यमलाई ठूलो राहत मिलेको बताए।
 

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  १ : ४३ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा