विराटनगरमा दुई खाद्य उद्योगविरुद्ध मुद्दा « Khabarhub

विराटनगरमा दुई खाद्य उद्योगविरुद्ध मुद्दा


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन र बिक्री–वितरण गरेको अभियोगमा चालू आर्थिक वर्ष ०८२-८३ को पहिलो छ महिनामा दुई वटा खाद्य उद्योगविरुद्ध मुद्दा दायर गरेको छ।

कार्यालयका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम ती उद्योगमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो। विराटनगरमा आयोजित अर्धवार्षिक समीक्षा गोष्ठीमा कार्यालयले हालसम्म गरेका काम र प्रगति विवरण सार्वजनिक गर्दै ऐनअनुसार १८ वटा तथा खाद्य स्वच्छता सर्भिलेन्सका लागि ८६ वटा खाद्य पदार्थको नमुना संकलन गरिएको जानकारी दिएको छ।

कार्यालय प्रमुख पुष्पलाल राईले जेन-जी आन्दोलनका क्रममा कार्यालय र घुम्ती भ्यानमा आगजनी भएपछि लक्ष्यअनुसार अनुगमन तथा निरीक्षण गर्न नसकिएको बताए। सो कारण तोकिएका सबै काम समयमै सम्पन्न गर्न कठिनाइ भएको उनको भनाइ छ।

यसैबीच, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला मान्यता प्राप्त गरेको जनाएको छ। हाल सात प्रकारका वस्तुको गुणस्तर परीक्षण हुँदै आएकोमा अब प्रशोधित पानी, प्याकेजिङ पानी र नुनसहित १० प्रकारका वस्तुको गुणस्तर परीक्षण गर्न सकिनेछ।

 साथै, विराटनगरबाट निर्यात हुने वस्तुका लागि उद्योगी व्यवसायीले यही कार्यालयबाट गुणस्तर प्रमाणपत्र लिन सक्ने व्यवस्था गरिएको जानकारी दिइएको छ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  २ : ५३ बजे

विमानस्थलमा सुन तस्करझैँ चेकिङ गरे, माथिको आदेश भन्दै हेपे : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि सुन तस्करझैँ

उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा अध्ययन–अनुसन्धानको

वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

काठमाडौं- सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम

युक्रेनमा रुसी आक्रमण : एक जनाको मृत्यु, २३ घाइते

एजेन्सी – युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा रातभरि

प्रचण्डदेखि सभामुखसम्मलाई टक्कर दिने यी महिला उम्मेदवार

काठमाडौं- फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ ३