विराटनगरमा दुई खाद्य उद्योगविरुद्ध मुद्दा « Khabarhub

विराटनगरमा दुई खाद्य उद्योगविरुद्ध मुद्दा


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन र बिक्री–वितरण गरेको अभियोगमा चालू आर्थिक वर्ष ०८२-८३ को पहिलो छ महिनामा दुई वटा खाद्य उद्योगविरुद्ध मुद्दा दायर गरेको छ।

कार्यालयका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम ती उद्योगमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो। विराटनगरमा आयोजित अर्धवार्षिक समीक्षा गोष्ठीमा कार्यालयले हालसम्म गरेका काम र प्रगति विवरण सार्वजनिक गर्दै ऐनअनुसार १८ वटा तथा खाद्य स्वच्छता सर्भिलेन्सका लागि ८६ वटा खाद्य पदार्थको नमुना संकलन गरिएको जानकारी दिएको छ।

कार्यालय प्रमुख पुष्पलाल राईले जेन-जी आन्दोलनका क्रममा कार्यालय र घुम्ती भ्यानमा आगजनी भएपछि लक्ष्यअनुसार अनुगमन तथा निरीक्षण गर्न नसकिएको बताए। सो कारण तोकिएका सबै काम समयमै सम्पन्न गर्न कठिनाइ भएको उनको भनाइ छ।

यसैबीच, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला मान्यता प्राप्त गरेको जनाएको छ। हाल सात प्रकारका वस्तुको गुणस्तर परीक्षण हुँदै आएकोमा अब प्रशोधित पानी, प्याकेजिङ पानी र नुनसहित १० प्रकारका वस्तुको गुणस्तर परीक्षण गर्न सकिनेछ।

 साथै, विराटनगरबाट निर्यात हुने वस्तुका लागि उद्योगी व्यवसायीले यही कार्यालयबाट गुणस्तर प्रमाणपत्र लिन सक्ने व्यवस्था गरिएको जानकारी दिइएको छ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  २ : ५३ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न

दमौली तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

इजरायलद्वारा १५० इरानी बालिकाको नरसंहारबारे छानबिन हुनुपर्ने राष्ट्रसंघको माग

तेहरा- संयुक्त राष्ट्रको मानवअधिकार कार्यालयले इरानमा भएको एक छात्रा विद्यालयमाथिको

उत्तर कोरियामा संसदीय निर्वाचन घोषणा

एजेन्सी- उत्तर कोरियाले यस महिनाभित्र आफ्नो सर्वोच्च जनसभाका लागि प्रतिनिधि

रास्वपाका अर्का उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूची भेटिए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका अर्का उम्मेदवार

सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेको प्रोफाइल राख्दै निशाले भनिन्- अब चुप बस्दिन

काठमाडौं– प्रतिनिधिसभा उम्मेदवार निशा अधिकारीले सामाजिक सञ्जालमार्फत आफूमाथि भइरहेको चरित्र