युक्रेनमा रुसी आक्रमण : एक जनाको मृत्यु, २३ घाइते « Khabarhub

युक्रेनमा रुसी आक्रमण : एक जनाको मृत्यु, २३ घाइते


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा रातभरि भएको रूसी आक्रमणमा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

देशभर हवाई हमलाको चेतावनी जारी गरिएको छ । किएभका सैन्य अधिकारीहरूले ड्रोन र ब्यालेस्टिक मिसाइलको खतरा रहेको जानकारी दिएका छन् ।

किएभका मेयर भिताली क्लित्स्कोले टेलीग्राममा लेखे, ‘किएभमा ठूलो आक्रमण भइरहेको छ । कृपया आश्रय स्थलबाट बाहिर ननिस्कनुहोस् । केही गैरआवासीय भवनहरूमा क्षति पुगेको छ ।’

अहिलेसम्म एक जनाको मृत्यु भएको छ र चार जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनालाई अस्पतालमा भर्ना गरिएको छ । ड्रोनको अवशेषले केही भवनमा आगो लगाएको छ भने राजधानीका केही क्षेत्रमा तातो पानी र जलसेवा अवरुद्ध भएको छ । किएभ बाहिरका चार जना थप घाइते भएका छन् ।

पूर्वी युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा मेयर इगोर तेरेखोवका अनुसार इरानी निर्माण शहेद ड्रोनले केही आवासीय भवनहरूमा क्षति पुर्याएको छ । प्रहरीले खार्किभमा १५ जना घाइते भएका छन् र दुई स्वास्थ्य संस्था पनि क्षतिग्रस्त भएको बताएको छ ।

यी आक्रमणहरू त्यस्तो समयमा भएका छन्, जब रूस, युक्रेन र अमेरिकाका वार्ताकारहरूले अबुधाबीमा चार वर्ष लामो युद्ध अन्त्य गर्ने योजनामा पहिलो प्रत्यक्ष वार्ता गरेका थिए ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर ज़ेलेन्स्कीले भूमि विवाद अझै प्रमुख अड्चन बनेको बताए, र मस्कोले किएभलाई पूर्वी डोनबास क्षेत्रबाट फिर्ता हुन दवाव दिइरहेको छ ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ४ : ०१ बजे

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला

५२ युवा नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै

गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी

गाजा– मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले कब्जा गरिएको