गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी « Khabarhub

गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गाजा– मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणका कारण गाजामा नागरिकहरूको हत्या निरन्तर जारी रहने चेतावनी दिएको छ।

कार्यालयले युद्धविरामपछि पनि हिंसाको ग्राफ बढ्दै गएको र दुई वर्षदेखि जारी विनाशको गहिरो प्रभाव कायमै रहेको जनाएको छ। विज्ञप्ति जारी गर्दै उच्चायुक्तको कार्यालयका निर्देशक अजित सुङ्गाईले रक्तपात रोक्न तथा पुनर्स्थापना र पुनर्निर्माणका लागि मानव अधिकारमा आधारित दृष्टिकोण अपनाउन अन्तर्राष्ट्रिय समुदायले समर्थन र दबाब बढाउनुपर्नेमा जोड दिएका छन् ।

उनले गाजाको संकट अन्त्य हुन नसकेको उल्लेख गर्दै इजरायली आक्रमण तथा मानवीय सहायता प्रवेशमा लगाइएका प्रतिबन्धका कारण दैनिक रूपमा मानिसहरू ज्यान गुमाइरहेको चेतावनी दिए ।

उच्चायुक्तको कार्यालयका अनुसार जनवरी २१ सम्म युद्धविरामपछि कम्तिमा २१६ जना प्यालेस्टिनी मारिएका छन्। तीमध्ये कम्तिमा ४६ जना बालबालिका र २८ जना महिलाहरू रहेको पुष्टि गरिएको छ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ४ : ५४ बजे

एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्रको लगातार तेस्रो जीत

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार

आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४

विश्व राजनीति : ईयु– अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले ग्रिनल्याण्ड विवादका कारण बढ्दो तनावको

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा