बंगलादेशलाई टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर « Khabarhub

बंगलादेशलाई टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप २०२६ बाट हटाएको छ। भारतमा आयोजना हुने विश्वकपमा खेल्न जान बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले अस्वीकार गरेपछि आईसीसीले यस्तो कडा निर्णय लिएको हो।

बीसीबीले भारतमा सुरक्षा चुनौती रहेको दाबी गर्दै प्रतियोगिताका आफ्ना खेलहरू भारतबाहिर, विशेषगरी श्रीलंकामा सार्न माग गरेको थियो। तर आईसीसीले भारतमा आवश्यक सुरक्षा व्यवस्था पर्याप्त रहेको निष्कर्ष निकाल्दै बंगलादेशको माग अस्वीकार गर्‍यो। त्यसपछि पनि बंगलादेशले भारतमा खेल्न नजाने अडान नछाडेपछि आईसीसीले प्रतियोगिताबाट नै हटाउने निर्णय गरेको हो।

आईसीसी स्रोतका अनुसार, बहुराष्ट्रिय प्रतियोगितामा कुनै पनि सदस्य राष्ट्रले आयोजक देशको निर्णय अस्वीकार गर्नु प्रतियोगिताको नियम र मर्मविपरीत हुने भन्दै बंगलादेशलाई सहभागी नगराउने निर्णय गरिएको हो। आईसीसीले यस विषयमा बंगलादेशलाई पटक–पटक स्पष्टिकरणका लागि समय दिए पनि सहमति जुट्न सकेन।

बंगलादेशको स्थानमा स्कटल्यान्डले टी–२० विश्वकप २०२६ मा खेल्ने अवसर पाएको छ। स्कटल्यान्ड विश्वकप छनोट प्रक्रियामा सहभागी टोलीहरूमध्ये दोस्रो उच्च वरियतामा रहेको टोली हो। लामो समयदेखि विश्वकपमा नियमित स्थान बनाउन संघर्ष गरिरहेको स्कटल्यान्डका लागि यो निर्णय ऐतिहासिक अवसरका रूपमा हेरिएको छ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ८ : ४२ बजे

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा दश जनाको मृत्यु

काठमाडौँ- देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै १८ लाख ठगी, ३६ वर्षीय शाही पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै

ब्राजिलको निर्वाचनलाई ट्रम्पले भने- ‘लज्जास्पद’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनलाई ‘लज्जास्पद’

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को