सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा « Khabarhub

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको निर्वाचनको तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय परिसरमा मतदानस्थल स्थापना गरिएको छ ।

निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले राष्ट्रियसभा सदस्यको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनकाअनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट चार जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रदेशबाट रिक्त हुन लागेको राष्ट्रियसभा सदस्यको एक स्थानका लागि नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसी, एक महिला कोटाका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)की लिलाकुमारी भण्डारी र नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले उम्मेदवारी दिएका छन् । यस प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दुई सदस्य ९एक महिला एक पुरुष०को पदावधि सकिन लागेकाले निर्वाचन हुन लागेको हो ।

राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा प्रदेशसभाका सदस्य र पालिका तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष मतदाता रहने कानुनी व्यवस्था छ । प्रदेशमा यो निर्वाचनका लागि ५१ प्रदेशसभा सदस्य मतदाता छन् । प्रदेशसभाका एक सदस्यले पदबाट राजीनामा दिएका छन् भने एक जना निलम्बनमा छन् । यस्तै प्रदेशका सबै पालिका तहका प्रमुखरउप्रमुख र अध्यक्षरउपाध्यक्ष गरी १७३ मतदाता छन् ।

यसैबीच नेपाली कांग्रेस र एमालेको प्रदेशसभा संसदीय दलको आज धनगढीमा बसैको संयुक्त बैठकले भोलि हुने निर्वाचनमा यसअघि भएको गठबन्धनअनुसार जाने निर्णय गरेको छ ।

एमालेका प्रदेश सचिव रणबहादुर चन्दले भने, “दुवै दलको संसदीय दलको आज धनगढीमा संयुक्त बैठक बसेको हो । दुवै दलबाट पालिका तहमा निर्वाचित प्रमुखरउपप्रमुख, अध्यक्ष/उपाध्यक्षको बैठकमा यसअघि भएको सहमतिअनुसार राष्ट्रियसभा सदस्यको निर्वाचनमा जाने निर्णय भएको छ ।”

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  १० : ०६ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक