टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी « Khabarhub

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन भइरहेको छ ।

टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज लिग चरणका चार खेल सम्पन्न भएकामा पुरुषतर्फ पर्वत भलिबल सङ्घ र गण्डकी प्रदेश विजयी भएका हुन् । महिलातर्फ भने एपिएफ र पुलिसले जित निकालेका छन् ।

पुरुषतर्फ पर्वत भलिबल सङ्घले नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकालेको छ । पर्वत भलिबलले पुलिसलाई ३-२ को सेटमा स्तब्ध पार्‍यो । पहिलो सेट २५-२२ र दोस्रो सेट ३१-२९ ले आफ्नो पक्षमा पारेको पर्वतले त्यसपछि दुई सेट गुमाउँदा खेल पाँचौँ सेटमा धकेलियो । पुलिसले तेस्रो सेट २५-२१ र चौथो सेट २५–१८ ले पुनरागमन जित निकाल्दा खेल निर्णायक सेटमा पुगेको थियो । निर्णायक सेटमा पर्वतले १५-१३ ले आफ्नो पक्षमा पार्न सफल भयोे ।

यसअघि आजै भएको पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो । पहिलो सेट २५-१६ ले जित निकालेको आर्मी त्यसपछिका सेटमा सम्हालिन नसक्दा दोस्रो हार बेहोर्नुपर्‍यो । पुलिसले दोस्रो सेट २५-१७, तेस्रो सेट २५-२२ र चौथो सेट २५-१३ ले आफ्नो पक्षमा पार्‍यो ।

महिलातर्फकै अर्को खेलमा एपिएफले थाइल्यान्ड क्विन्समाथि ३-२ सेटको रोमाञ्चक जित निकालेको थियो । पहिलो सेट २५-२३ र दोस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको एपिएफले तेस्रो र चौथो सेट थाइल्यान्डलाई सुम्पियो ।

थाइल्यान्डले तेस्रो सेट २५-२२ र चौथो सेट २५-२३ को रोमाञ्चक जित निकाल्दा खेल पाँचौँ सेटमा धकेलियो । पाँचौँ सेटमा सुरुआतबाटै अग्रता लिँदै एपिएफले १५-१३ को रोमाञ्चक जित निकाल्यो । पाँचौँ सेटमा खेलमा फर्किने प्रयास गरे पनि थाइल्यान्ड सफल हुन सकेन ।

पुरुषतर्फको खेलमा गण्डकी प्रदेशले माल्दिभ्स भलिबल एसोसिएसनमाथि सोझो सेटको शानदार जित दर्ता गर्‍यो । गण्डकीले पहिलो सेट २५-१३, दोस्रो सेट २५-१४ र तेस्रो सेट २५=२१ ले आफ्नो पक्षमा पारेको हो । गण्डकीले पहिलो जित निकाल्दा माल्दिभ्सले दोस्रो हार बेहोर्न पुग्यो ।

यही माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिला तथा पुरुष च्याम्पियन टोलीले समान रु छ लाख ६६ हजार ६६६, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले नगद रु तीन लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टोलीले नगद रु एक लाख ६६ हजार ६६६ प्राप्त गर्नेछन् ।

टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु २६ हजार ६६६ प्राप्त गर्दा अन्य विधागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  १० : ३७ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको