टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी « Khabarhub

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन भइरहेको छ ।

टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज लिग चरणका चार खेल सम्पन्न भएकामा पुरुषतर्फ पर्वत भलिबल सङ्घ र गण्डकी प्रदेश विजयी भएका हुन् । महिलातर्फ भने एपिएफ र पुलिसले जित निकालेका छन् ।

पुरुषतर्फ पर्वत भलिबल सङ्घले नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकालेको छ । पर्वत भलिबलले पुलिसलाई ३-२ को सेटमा स्तब्ध पार्‍यो । पहिलो सेट २५-२२ र दोस्रो सेट ३१-२९ ले आफ्नो पक्षमा पारेको पर्वतले त्यसपछि दुई सेट गुमाउँदा खेल पाँचौँ सेटमा धकेलियो । पुलिसले तेस्रो सेट २५-२१ र चौथो सेट २५–१८ ले पुनरागमन जित निकाल्दा खेल निर्णायक सेटमा पुगेको थियो । निर्णायक सेटमा पर्वतले १५-१३ ले आफ्नो पक्षमा पार्न सफल भयोे ।

यसअघि आजै भएको पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो । पहिलो सेट २५-१६ ले जित निकालेको आर्मी त्यसपछिका सेटमा सम्हालिन नसक्दा दोस्रो हार बेहोर्नुपर्‍यो । पुलिसले दोस्रो सेट २५-१७, तेस्रो सेट २५-२२ र चौथो सेट २५-१३ ले आफ्नो पक्षमा पार्‍यो ।

महिलातर्फकै अर्को खेलमा एपिएफले थाइल्यान्ड क्विन्समाथि ३-२ सेटको रोमाञ्चक जित निकालेको थियो । पहिलो सेट २५-२३ र दोस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको एपिएफले तेस्रो र चौथो सेट थाइल्यान्डलाई सुम्पियो ।

थाइल्यान्डले तेस्रो सेट २५-२२ र चौथो सेट २५-२३ को रोमाञ्चक जित निकाल्दा खेल पाँचौँ सेटमा धकेलियो । पाँचौँ सेटमा सुरुआतबाटै अग्रता लिँदै एपिएफले १५-१३ को रोमाञ्चक जित निकाल्यो । पाँचौँ सेटमा खेलमा फर्किने प्रयास गरे पनि थाइल्यान्ड सफल हुन सकेन ।

पुरुषतर्फको खेलमा गण्डकी प्रदेशले माल्दिभ्स भलिबल एसोसिएसनमाथि सोझो सेटको शानदार जित दर्ता गर्‍यो । गण्डकीले पहिलो सेट २५-१३, दोस्रो सेट २५-१४ र तेस्रो सेट २५=२१ ले आफ्नो पक्षमा पारेको हो । गण्डकीले पहिलो जित निकाल्दा माल्दिभ्सले दोस्रो हार बेहोर्न पुग्यो ।

यही माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिला तथा पुरुष च्याम्पियन टोलीले समान रु छ लाख ६६ हजार ६६६, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले नगद रु तीन लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टोलीले नगद रु एक लाख ६६ हजार ६६६ प्राप्त गर्नेछन् ।

टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु २६ हजार ६६६ प्राप्त गर्दा अन्य विधागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  १० : ३७ बजे

ओलीको स्वास्थ्य अवस्था : पत्थरीको शल्यक्रिया गर्न दिए सहमति, परीक्षण रिपोर्ट कुर्दै चिकित्सक

काठमाडौं– ज्यान कसुरसम्बन्धी मुद्दामा गत शनिनबार भक्तपुरको गुन्डुबाट पक्राउ परेका

युद्धविराम गर्ने ट्रम्पको सङ्केत, इरान सशंकित : रोकिएला द्वन्द्व ?

काठमाडौं– एक महिनाभन्दा बढी समयदेखि पश्चिम एशियामा जारी युद्धले नयाँ

‘राम नाम सत्य’मा आधुनिक राजकुमारी बनेकी दिव्या भन्छिन्- मैले काम देखाउन पाएको छु

काठमाडौं – फिल्म ‘राम नाम सत्य’को प्रदर्शन मिति नजिकिएसँगै नायिका

क्रिटिक्स अवार्ड २०८१ : ‘साम्बाला’ उत्कृष्ट फिल्म, दयाहाङ र थिन्ले उत्कृष्ट घोषित

काठमाडौं – क्रिटिक्स अवार्ड २०८१ मा ‘शाम्बाला’ले उत्कृष्ट फिल्मको अवार्ड