पत्रकारलाई आचारसंहिता पालनासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण « Khabarhub

पत्रकारलाई आचारसंहिता पालनासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कर्णाली– यही फागुन २१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन केन्द्रित गरेर यहाँका पत्रकारहरूलाई कर्णाली प्रदेशस्तरीय अभिमुखीकरण गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजनामा सोमबार सुर्खेत वीरेन्द्रनगरमा आचारसंहिता पालनासम्बन्धी अभिमुखीकरण गरिएको हो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले भद्रले अनुशासित ढङ्गले सबै दल, कर्मचारी तथा पत्रकारहरूले आफूलाई प्रस्तुत गर्न चुनाव सुव्यवस्थित, मर्यादित र भयरहित तरिकाले सम्पन्न हुने बताए ।

चुनावको समयमा सबैभन्दा बढी भ्रामक सामग्री सम्प्रेषण हुने कुरामा पत्रकारले गम्भीर भएर समाचार सम्प्रेषण गर्नुपर्ने सुझाउँदै जिल्ला प्रशासन कार्यालयमा भ्रामक कुराको अनुगमन/अध्ययन गर्न छुट्टै सेल स्थापना गरिएको उनको भनाइ छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले निर्वाचन नजिकिँदै गर्दा पत्रकारमाथि धम्की तथा आक्रमणका घटना दैनिक महासङ्घमा आउने गरेको बताए ।

यस्तो अवस्थामा पत्रकारहरूले थप जिम्मेवार बनेर सही र सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्ने उनको भनाइ छ । आचार्यका अनुसार आचारसंहिता पालना गर्नु प्रत्येक पत्रकारको कर्तव्य भएकाले जिम्मेवार र मर्यादित ढङ्गले रिपोर्टिङ गर्नुपर्दछ । त्यस्तै, महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले सही र सत्य समाचार सम्प्रेषण गर्न जोड दिँदै मिथ्या समाचार प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरे ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाका अध्यक्षसहित दर्जनभन्दा बढी पत्रकारहरूको सहभागिता रहेको कार्यक्रममा पत्रकारहरूले निर्वाचनका क्रममा भोगेका समस्या, चुनौती र समाधानका लागि अपनाइएको विधिबारे छलफल गरिएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ९ : ०७ बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा

‘फ्लोरा एक्स्पो’मा एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा

सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रे– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा सडक