उमेरले होइन, सोचले युवा हुनुपर्छ: कांग्रेस नेता चन्द्र भण्डारी « Khabarhub

उमेरले होइन, सोचले युवा हुनुपर्छ: कांग्रेस नेता चन्द्र भण्डारी


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले युवा र वृद्धको परिभाषा उमेरका आधारमा मात्र गर्न नहुने धारणा राखेका छन्। उनले व्यक्तिको उमेर कम भएर पनि सोच पुरानै छ भने उसलाई युवा भन्न नमिल्ने तर्क गरेका हुन्।

“युवा वा वृद्ध भन्ने कुरा उमेरले मात्र होइन, सोचले पनि निर्धारण गर्छ,” भण्डारीले भनेका छन्, “उमेर सानो भएर सोच पुरानै छ भने त्यो युवा होइन, उमेर बढे पनि सोच नवीन र जिम्मेवार छ भने त्यही नै साँचो युवापन हो।”

पछिल्लो समय राजनीतिमा पुस्तान्तरणको चर्चा चुलिएका बेला भण्डारीले हस्तान्तरणलाई केवल कुर्सी वा पदसँग मात्र नजोड्न आग्रह गरेका छन्। उनले अनुभवसँगै संस्कार, दृष्टिकोण, मूल्य-मान्यता, इमानदारिता र इच्छाशक्तिको हस्तान्तरण नै वास्तविक पुस्तान्तरण भएको उल्लेख गरेका छन्।

उनले दुवै पुस्तालाई संयमित र रचनात्मक बन्न सुझाव दिँदै भनेका छन्, “पुरानो पुस्ताले अहङ्कार होइन अनुभव दिनुपर्छ, नयाँ पुस्ताले अराजकता होइन नवीनता ल्याउनुपर्छ।” भण्डारीको यो भनाइलाई राजनीतिक वृत्तमा पुरानो अनुभव र नयाँ जोशको सन्तुलन मिलाउने सूत्रका रूपमा हेरिएको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ९ : २५ बजे

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

काठमाडौँ – विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

आज २०८२ साल चैत ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत