उमेरले होइन, सोचले युवा हुनुपर्छ: कांग्रेस नेता चन्द्र भण्डारी « Khabarhub

उमेरले होइन, सोचले युवा हुनुपर्छ: कांग्रेस नेता चन्द्र भण्डारी


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले युवा र वृद्धको परिभाषा उमेरका आधारमा मात्र गर्न नहुने धारणा राखेका छन्। उनले व्यक्तिको उमेर कम भएर पनि सोच पुरानै छ भने उसलाई युवा भन्न नमिल्ने तर्क गरेका हुन्।

“युवा वा वृद्ध भन्ने कुरा उमेरले मात्र होइन, सोचले पनि निर्धारण गर्छ,” भण्डारीले भनेका छन्, “उमेर सानो भएर सोच पुरानै छ भने त्यो युवा होइन, उमेर बढे पनि सोच नवीन र जिम्मेवार छ भने त्यही नै साँचो युवापन हो।”

पछिल्लो समय राजनीतिमा पुस्तान्तरणको चर्चा चुलिएका बेला भण्डारीले हस्तान्तरणलाई केवल कुर्सी वा पदसँग मात्र नजोड्न आग्रह गरेका छन्। उनले अनुभवसँगै संस्कार, दृष्टिकोण, मूल्य-मान्यता, इमानदारिता र इच्छाशक्तिको हस्तान्तरण नै वास्तविक पुस्तान्तरण भएको उल्लेख गरेका छन्।

उनले दुवै पुस्तालाई संयमित र रचनात्मक बन्न सुझाव दिँदै भनेका छन्, “पुरानो पुस्ताले अहङ्कार होइन अनुभव दिनुपर्छ, नयाँ पुस्ताले अराजकता होइन नवीनता ल्याउनुपर्छ।” भण्डारीको यो भनाइलाई राजनीतिक वृत्तमा पुरानो अनुभव र नयाँ जोशको सन्तुलन मिलाउने सूत्रका रूपमा हेरिएको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ९ : २५ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स