चुनावी अभियान लिएर चैनपुर पुगे कुलमान : मतदाताका समस्या सुन्दै उम्मेदवार घनश्याम राई « Khabarhub

चुनावी अभियान लिएर चैनपुर पुगे कुलमान : मतदाताका समस्या सुन्दै उम्मेदवार घनश्याम राई


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चैनपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चुनावी प्रचारप्रसारका क्रममा मंगलबार संखुवासभाको ऐतिहासिक चैनपुर बजार पुगेका छन्। आफ्ना पार्टीका उम्मेदवार घनश्याम राईको चुनावी अभियानलाई बल पुर्‍याउन उनी घरदैलो कार्यक्रममा सहभागी भएका हुन्।

चैनपुरका विभिन्न टोलमा आयोजित घरदैलोका क्रममा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो। घरदैलोका क्रममा अध्यक्ष घिसिङले विकास र समृद्धिका लागि सक्षम नेतृत्व चयन गर्न आग्रह गरेका छन्। उनले आफ्नो पार्टीको मुख्य एजेन्डा मुलुकको समग्र विकास र सुशासन रहेको बताउँदै उम्मेदवार राईलाई विजयी गराउन अपिल गरे।

उम्मेदवार घनश्याम राईले स्थानीय समस्या, विशेषगरी पूर्वाधार विकास र रोजगारीका मुद्दालाई आफ्नो प्राथमिकतामा राखेको बताए।

कार्यक्रममा सहभागी स्थानीयले विकासका योजना र प्रतिबद्धताका विषयमा चासो राखेका थिए। उज्यालो नेपाल पार्टीले यसपटकको निर्वाचनमा आफ्नो संगठन विस्तार र चुनावी अभियानलाई देशव्यापी रूपमा तीव्र पारेको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ९ : ५७ बजे

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

काठमाडौँ – विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

आज २०८२ साल चैत ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत