अमेरिकामा नेपाली परिवारभित्र विभत्स हत्या: श्रीमती र छोरी मार्नेमाथि गोली प्रहार, एक शिशु सुरक्षित « Khabarhub

अमेरिकामा नेपाली परिवारभित्र विभत्स हत्या: श्रीमती र छोरी मार्नेमाथि गोली प्रहार, एक शिशु सुरक्षित

भर्जिनियामा आफ्नै परिवार सिध्याउने छत्रबहादुरको कृत्य


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा एक नेपाली परिवारभित्र विभत्स हत्याकाण्ड भएको छ । ५० वर्षीय छत्रबहादुर थापाले आफ्नै श्रीमती र छोरीको १० इन्च लामो धारिलो हतियार प्रहार गरी हत्या गरेको सार्वजनिक भएको हो ।

भर्जिनिया पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा घरेलु हिंसा भइरहेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसले उक्त दृश्यलाई “कल्पनाबाहिरको विभत्स र भयावह” भनेको खसोखासले खबरमा लेखेको छ ।

घटना हुँदा छत्रबहादुरका ज्वाइँ ३५ वर्षीय सन्तोषकुमार बस्नेत घरबाहिर कारबाट हिउँ पन्छाउँदै थिए । भित्र चिच्याएको आवाज सुनेर ९११ मा फोन गर्दै उनी घर पस्दा आफ्नी ३१ वर्षीया श्रीमती ममता थापा र ५१ वर्षीया सासू बिन्दा थापालाई रक्ताम्मे अवस्थामा फेला पारेका थिए । श्रीमती र सासूको हत्या गरिसकेका छत्रबहादुरले त्यसपछि सन्तोषमाथि पनि अन्धाधुन्ध आक्रमण सुरु गरेका थिए ।

प्रहरी घटनास्थल पुग्दा छत्रबहादुरले सन्तोषमाथि प्रहार गरिरहेको अवस्थामा फेला पारेको थियो । प्रहरीले पटक–पटक हतियार फाल्न दिएको आदेश नमानेपछि एक अधिकारीले चलाएको गोली लागेर आक्रमणकारी छत्रबहादुरको घटनास्थलमै मृत्यु भएको हो । आक्रमणमा परी बिन्दा र ममताको ज्यान गएको छ भने गम्भीर घाइते सन्तोषको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

उक्त घरमा रहेका एक वर्षीय शिशु भने सुरक्षित रहेको खबरमा उल्लेख छ । अनुसन्धानका क्रममा यो परिवारको यसअघि कुनै आपराधिक पृष्ठभूमि वा प्रहरीमा उजुरी नभएको पाइएको छ । आफ्नै परिवारका सदस्यहरूको ज्यान लिने गरी भएको हिंसाको वास्तविक कारणबारे स्थानीय प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १० : ५६ बजे

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न