झापा पुगेर रविले भने- जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख कुन मुखले भोट माग्दै हुनुहुन्छ ? « Khabarhub

झापा पुगेर रविले भने- जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख कुन मुखले भोट माग्दै हुनुहुन्छ ?


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जनताको आवाज उठाउँदा माइक काट्ने निवर्तमान सभामुख देवराज घिमिरेले कुन मुखले भोट माग्दै हुनुहुन्छ भनेर प्रश्न गरेका छन् । झापाका मतदातालाई सम्बोधन गर्दै लामिछानेले यस्तो प्रश्न गरेका हुन् ।

‘संसदमा जनताको आवाज उठाउँदा माइक काट्ने निवर्तमान समामुख आज कुन मुखले भोट माग्र्दै हुनुहुन्छ ?’, लामिछानेले प्रश्न गर्दै भने, ‘आज उहाँ जनताका घरमा कसरी जानुभएको छ त्यो मलाई थाहा हुने कुरा भएन तर आज म इन्दिरा रानालाई मत माग्दैछु ।’

सभापति लामिछानेले पुराना राजनीतिक दलको अकर्मण्यताका कारण मुलुकले गति लिन नसकेको बताएका छन् । उनले आफू र आफ्नो पार्टीमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसले लोकतन्त्रलाई बलियो नबनाउने टिप्पणी गरेका हुन् ।

लामिछानेले नयाँ पुस्ताको उदय र परिवर्तनको लहरबाट अत्तालिएर पुराना शक्तिहरूले षड्यन्त्र गरिरहेको आरोप लगाए । “हामी काम गर्न आएका हौँ, तर पाइला–पाइलामा अवरोध सिर्जना गरिँदै छ,” उनले भने, “राजनीतिक प्रतिशोधले व्यक्तिलाई त दुःख देला, तर देश बन्दैन ।”

सहकारी प्रकरण र पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा बोल्दै लामिछानेले आफू छानबिनमा सघाउन सधैँ तयार रहेको तर पूर्वाग्रही ढङ्गले गरिने आक्रमण स्वीकार्य नहुने स्पष्ट पारे । उनले आगामी निर्वाचनसम्म रास्वपालाई अझ बलियो बनाएर लैजाने र जनताको मुद्दामा कुनै पनि सम्झौता नगर्ने दृढता व्यक्त गरे ।

उनले आफ्ना समर्थक र कार्यकर्तालाई विचलित नहुन आग्रह गर्दै संयमता र धैर्यताका साथ अघि बढ्न अपिल समेत गरेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ११ : १८ बजे

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

काठमाडौँ – विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

आज २०८२ साल चैत ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत