झापा पुगेर रविले भने- जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख कुन मुखले भोट माग्दै हुनुहुन्छ ? « Khabarhub

झापा पुगेर रविले भने- जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख कुन मुखले भोट माग्दै हुनुहुन्छ ?


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जनताको आवाज उठाउँदा माइक काट्ने निवर्तमान सभामुख देवराज घिमिरेले कुन मुखले भोट माग्दै हुनुहुन्छ भनेर प्रश्न गरेका छन् । झापाका मतदातालाई सम्बोधन गर्दै लामिछानेले यस्तो प्रश्न गरेका हुन् ।

‘संसदमा जनताको आवाज उठाउँदा माइक काट्ने निवर्तमान समामुख आज कुन मुखले भोट माग्र्दै हुनुहुन्छ ?’, लामिछानेले प्रश्न गर्दै भने, ‘आज उहाँ जनताका घरमा कसरी जानुभएको छ त्यो मलाई थाहा हुने कुरा भएन तर आज म इन्दिरा रानालाई मत माग्दैछु ।’

सभापति लामिछानेले पुराना राजनीतिक दलको अकर्मण्यताका कारण मुलुकले गति लिन नसकेको बताएका छन् । उनले आफू र आफ्नो पार्टीमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसले लोकतन्त्रलाई बलियो नबनाउने टिप्पणी गरेका हुन् ।

लामिछानेले नयाँ पुस्ताको उदय र परिवर्तनको लहरबाट अत्तालिएर पुराना शक्तिहरूले षड्यन्त्र गरिरहेको आरोप लगाए । “हामी काम गर्न आएका हौँ, तर पाइला–पाइलामा अवरोध सिर्जना गरिँदै छ,” उनले भने, “राजनीतिक प्रतिशोधले व्यक्तिलाई त दुःख देला, तर देश बन्दैन ।”

सहकारी प्रकरण र पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा बोल्दै लामिछानेले आफू छानबिनमा सघाउन सधैँ तयार रहेको तर पूर्वाग्रही ढङ्गले गरिने आक्रमण स्वीकार्य नहुने स्पष्ट पारे । उनले आगामी निर्वाचनसम्म रास्वपालाई अझ बलियो बनाएर लैजाने र जनताको मुद्दामा कुनै पनि सम्झौता नगर्ने दृढता व्यक्त गरे ।

उनले आफ्ना समर्थक र कार्यकर्तालाई विचलित नहुन आग्रह गर्दै संयमता र धैर्यताका साथ अघि बढ्न अपिल समेत गरेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ११ : १८ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स