मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री « Khabarhub

मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताएकी छन् । 

प्रधानमन्त्रीले मंगलबार जेनेभामा आयोजित संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ६१औँ सत्रलाई सम्बोधन गर्दै सुदृढ नीतिगत, कानुनी तथा संस्थागत संयन्त्रमार्फत मानव अधिकारको प्रभावकारी कार्यान्वयनमा नेपाल निरन्तर क्रियाशील रहेको बताइन् । 

नेपालको संविधानले मानव अधिकार तथा मौलिक स्वतन्त्रतालाई लोकतान्त्रिक शासन व्यवस्थाको आधारस्तम्भका रूपमा स्थापित गरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सबै प्रकारका मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताइन् । 

प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लिखित उद्देश्य र सिद्धान्तप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्‍याउँदै सङ्क्रमणकालीन न्याय प्रक्रियालाई पारदर्शी, समावेशी, विश्वसनीय र पीडित–केन्द्रित ढङ्गले अगाडि बढाइने बताइन् । सत्य, न्याय, उत्तरदायित्व र दिगो मेलमिलाप सुनिश्चित गर्नु नै सरकारको लक्ष्य रहेको उनको भनाइ थियो ।

गत भदौमा भएको युवा आन्दोलनलाई स्मरण गर्दै उनले आफ्नो सरकारको प्रमुख दायित्व उत्तरदायित्व सुनिश्चित गर्नु, भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नु तथा सुशासन प्रवर्द्धन गर्नु हो भनिन् । 

यही फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले लोकतान्त्रिक मूल्य र मानव अधिकारको सम्मान तथा संरक्षणप्रति सरकार अडिग रहेको बताइन् ।

नेपालले बहुपक्षीय सहकार्य र रचनात्मक संवादलाई उच्च महत्त्व दिने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले विश्वभर मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि सदस्य राष्ट्र तथा साझेदारसँग सहकार्य गर्न तत्पर रहेको बताइन् । 

वर्तमान विश्वले भोगको साझा चुनौतीको सामना गर्दै अन्तर्राष्ट्रिय मानव अधिकार संयन्त्रलाई अझ सुदृढ बनाउन मिलेर अघि बढ्नुपर्नेमा प्रधानमन्त्री कार्कीले जोड दिइन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ११ : ४४ बजे

काठमाडौं-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं- धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठ किलोमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिन

प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

सङ्खुवासभा– सङ्खुवासभामा २२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा

म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु

म्याग्दी– बेनीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामै

एसियाली खेलकुद : क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

कास्की– जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म

मध्यराति मोदीखोलामा भीषण बाढी: दुई वटा पुल बगे, मन्दिरमा फसेका तीन जनाको उद्धार जारी

कास्की – कास्की र पर्वतको सीमाना भएर बग्ने मोदीखोलामा बिहीबार