रास्वपा नेतृ रञ्जु दर्शनालाई पुत्रलाभ « Khabarhub

रास्वपा नेतृ रञ्जु दर्शनालाई पुत्रलाभ


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं क्षेत्र नम्बर- १ की उम्मेदवार रञ्जु दर्शना आमा बनेकी छन्। उनले आज छोरालाई जन्म दिएकी हुन्।

प्रसूतिका लागि उनी काठमाडौंस्थित निजामती अस्पताल भर्ना भएकी थिइन्। मंगलबार बिहान करिब ११ बजे उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै आफू अस्पताल भर्ना भएको जानकारी दिएकी थिइन्।

तत्कालीन विवेकशील साझा पार्टीबाट उम्मेदवारी मनोनयन अघिमात्रै प्रवेश गरेकी उनलाई रास्वपाले समानुपातिक उम्मेदवार बनाएको थियो । तर, त्यसको विरोध भएपछि उनले समानुपातिक सूचीबाट चुनाव नलड्ने घोषणा गर्दै प्रत्यक्ष उम्मेदवार बनिन् ।

उनी अस्पतालमा भए पनि चुनाव प्रचारप्रसार मतदातासँग भोट माग्ने काम रोकिएको छैन। काठमाडौं १ का रास्वपा कार्यकर्ता पुरुषोत्तम भट्टराईले चुनावी अभियान जारी रहेको बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १२ : ४३ बजे

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न