‘लालिमा’ पात्र निर्वाह गर्न १० यौनकर्मी भेटेँ : नायिका रोश्नी कार्की « Khabarhub

‘लालिमा’ पात्र निर्वाह गर्न १० यौनकर्मी भेटेँ : नायिका रोश्नी कार्की


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन २९ बाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’मा नायिका रोश्नी कार्की शीर्ष भूमिकामा निर्वाह गरेकी छन् । फिल्ममा उनी यौनकर्मीको चरित्र ‘लालिमा’ बनेकी छन् ।

‘लालिमा’ पात्र निर्माणका लागि रोश्नीले आफूले गरेको तयारीबारे खुलेकी छन् ।

थिएटर पृष्ठभूमिकी रोश्नीले पहिलो पटक यौनकर्मीको भूमिका निर्वाह गरेकी हुन् ।

यौनकर्मीहरु गोप्य रहेर आफ्नो पेसामा लाग्छन् । उनीहरु आफ्नो पेसा गोप्य राख्न चहान्छन् । रोश्नीको चिनेका र पहुँचमा भएका कुनै यौनकर्मी थिएनन् ।

तर, पात्र निर्माणका लागि उनीलाई यौनकर्मी नै भेट्न आवश्यक थियो ।

उनी भन्छन्, ‘यौनकर्मी मैले चिनेको छैन । आफूलाई यौनकर्मी बताउने को नै हुन्छ ? उनीहरुको पेसा नै थाहा हुँदैन । मलाई रिफ्रेन्सका लागि उनीहरुसँग भेट्नु थियो ।’

यौनकर्मीको मानसिकता बुझ्नका लागि उनीहरुसँगको भेट आफूलाई उपयुक्त लागेको उनको तर्क छ ।

रोश्नी भन्छिन्, ‘फिल्म यौनकर्मीको मानसिकताबारे बढी केन्द्रित छ । नेपाली परिवेशका यौनकर्मीको मानसिकता के छ ? भन्नेबारे बुझ्न त मैले उहाँहरुसँग नै भेट्नु आवश्यक थियो नि ।’

निर्माण टिमको सम्पर्कमा रहेका १० यौनकर्मीसँग कुराकानी भएपछि सहयोग भएको उनले खुलाइन् ।

उनी भन्छिन्, ‘यौनकर्मीहरुसँग मैले कुराकानी गरेँ । तर, उहाँहरु आफ्नो समस्या पीडा र मनोदशा सुनाउनुभयो । पात्र निर्माणमा मलाई सहयोग भयो ।’

यसरी भेटिएका यौनकर्मीहरु कलेज पढ्ने किशोरीदेखि अधवैँशे उमेरसम्म रहेका उनी सुनाउँछिन् ।

उनी भन्छिन्, ‘सबै आर्थिक समस्याले नै यो पेसामा आएको पाएँ । किशोरीदेखि अधवैँश उमेरसम्मका छन् । उनीहरु आफ्नो आर्थिक समस्या टार्नका लागि यो पेसामा आएका छन् ।’

ठूलो संख्यामा रहेका यौनकर्मीको मानसिकता र पीडाको प्रतिनिधित्व गर्न पाएकामा उनलाई सन्तुष्टि मिलेको छ ।

उनी भन्छिन्, ‘कलाकारको रुपमा म उहाँहरुको आवाज बनेकी छु । उहाँहरुका लागि मैले गर्न सक्ने काम गरेँ । कम्तीमा मैले उहाँहरुको मानसिकता र समस्या पर्दामा उतार्ने प्रयास गरेकी छु ।’

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १ : ३० बजे

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः